Re Design Roshan Mainali

खोई न्याय मलाई ?


खोई न्याय मलाई ?

खोई-न्याय-मलाई-?


बिराटनगर ,८ फागुन ।

प्रविन चापागाईं

खोई न्याय मलाई ?

आजको दिन तिम्रो खुसीको सिमा थिएन किनकि आज तिमि गर्भवती भयौ । तिम्रो आमा बन्ने सपना आज पुरा भएको छ । डाक्टरकोमा गयाँै आफ्नो जाँच   ,“डाक्टर साहेब छोरा हो कि छोरी ?” डाक्टर भन्छन छोरी हो । मन्मा एक्कासी डरले डेरा   । अनुहारमा रहेको त्यो चम्किलो मुस्कान एक्कासी ओइलियो । आमा बन्ने सपना मा नै प्रश्न आयो । किन ? केबल एक लिङ्गले आज मलाई गर्भ मा नै प्रश्न उठायो । दिनहरु बित्दै गए र त्यो क्षण आयो र मैले नौ महिनाको गर्भको अवकाल पुरा गरेर आज यस पवित्र धर्तीमा पाइला टेके, पहिला सास फेरे । पुलुक्क चारै तिर हेरे केवल मेरी आमाको आँखामा आसु र ओठमा मुस्कान थियो । म मेरो बालापनलाई विदाई गर्दै किशोरी कालमा आईपुगे । मन्मा अनेकाँै तरब्ग आए , शारीरीक बनावट फेरीयो । मैले बल्ल बुज्दै मात्र थिए आफुभित्रको म भन्ने बस्तुलार्ई । म के हुँ ?, किन यो अवस्था आयो ? यो सव के हो ? यी सब प्रश्नको जवाफ खोज्दै मात्र थिएँ अचनाक मेरा आवाज बन्द भए । मलाई कसैले छोयको आभाष भयो । म करायँ, चिच्याए, राऐ ँ, छटपटाएँ तर त्यो भिडमा मैले सुन्सान छायो र कसैले पनि मेरो आवाज सुनेन , कसैले दृष्टि दिने कष्ट पनि गरेन । आँखा खोल्दा म आफैलाई एउटा कहालि लाग्दो अँध्यारो कोठामा पाँए । डर लाग्यो आमा बुबा सबैलाई पुकारे तर अफसोच कसैले मेरो क्रोदन सुनेन । मेरा आवाज कानमा पुगेन । सायद मेरो किशोर अवस्थाको गल्ति थियो कि म नै गलत थिएँ महिला भएर । मेरा ति अबोध कलिला नाडी जस्ले बुबाको हातको विश्वासमा हिँडेको मात्र थियो, पाखुरामा आमाको सुगन्ध अंकमाल थियो र दाजुभाई को त्यो संस्कार र एउटा सहारा थियो मेरा खुट्टामा ।

यमराजले पनि काल आएर लान्छ तर ती दुई व्यक्ति आज म माथि खनिन पुगे । मेरा ती साना साना नाडी, पाखुरा र कलिला खुट्टाले आज बल लगाउनु प¥यो न नाडीले विश्वासको हात पायो न पाखुराले आमाको सुगन्धित अंकमाल नत खुट्टा ले ति दाजुभाईको साहरा । आफै लड्नु प¥यो आफ्नो अस्मिता जोगाउन । मेरा लुगा च्यातिए जस्तो बनाए म रोएँ फेरी पनि आमालाई पुकारे, दाजुभाई लाई बोलाए, बुबाको विश्वास लाई पर्खिए तर कोई आएनन । मलाई खोज्दै होलान मेरा आफन्तहरुले भन्ने आसमा बा अनि म प्रतिकार गर्दै गए । म आफ्नो लडाइ मा लडदा खोई कस्ले बचाउन आयो मलाई ? खोई कस्ले सुन्यो मेरा न्यायका वचनलाई ? मेरा चिच्याहट खोई कस्ले सुन्यो ? मलाई गिद्धले झँै लुछेर चिथोरे ति नरपिशाचले । म काँपे तर कोहि आएनन मेरो अस्मिता ढाक्न । महाभारतमा पनि कृष्णले द्रौपदिको लाज राखे तर कलियुगका कृष्ण खोई ? कोइ छ मेरा सारी लगाइदिने ? कोइ छ मेरो अस्मिता ढाक्ने ? सकिन मैले आज मेरो अस्मिता जोगाउन । म लुटिए,ँ आज आएर कलियुगमा मेरा पहिरन छोटा भए अस्मिताको लागी ।

“माफ गर आत्मा , तिम्रो इज्जत सकिन ढाक्न,

माफ गर आमा बुबा , तिम्रो छोरी आज तिम्रो शिर रहिनन,

माफ गर सारा मानिस , अब म आमा बनेर तिमिहरुलाइ जन्माउन सक्दिन,

माफ गर भगवती , आज तिमिमा औाँला उठ्दा म प्रतिकार गर्न सक्दिन।,

माफ गर मेरा दाजुभाई, अब देखि तिम्रो निधारमा सप्तरँगी टिका लगाउन सक्दिन ” गरायौँ र सोध्यौँ जमायो

आज म जिवित छु तर पनि मुर्दा नै भएँ । परिवारले उजुरी हाले, जनता मेरा लागी न्याय खोज्दै बाटो बाटोमा उत्रिए । के साँच्चै नै मैले न्याय पाउँछु त ? के साँच्चै अब मेरा चिच्याहटले एउटा सुमधुर आवाज पाउँछ त ?

आज न्यायका लागी बोलाइयो, मन्मा डर पनि थियो र एउटा आस कि आजत म न्याय पाउँछु भनेर । अदालतको कठघरामा ल्याई मलाई सोधियो के तिमि माथि साँच्चैनै बलत्कार भएको हो । मैले पुलुक्क हेरे न्यायधिसज्यूलाई र हाँसे । मेरा शव्दहरु काँपेका थिय, नयनबाट बलिन्द्र धाराहरु सम्हालिन नसकेर बगिरहे । यी कानुनका अनेकौँ धाराले मेरा आँखाका धाराको भावना के बुज्लान । मेरा क्रोदन के सुन्लान ।

म मा आज आवाज थिएन, वोली हराएको थियो, सायद बचाउ बचाउ भनेर चिच्याउदै हराएछ । अँध्यारो देखि डर लाग्छ, कतै ती मानिस भनाउदा नरपिशाच फेरी आउनेत होइन । आमाले हेर्छीन मलाई र भन्दिहुन छोरी भएर किन जन्मिस नि नानी त अभागी ? बुबा भन्दा हुन मेरो शिर नै आज काटिएर यसरी सामुन्य छटपटाउँदै छ । दाजु भाई भन्दा हुन दिदि अब तेरो हातमा मेहेन्दिको रब्ग र जिवनमा ति रब्गहरु कहीले आउला ? सोचेर बसेकी म आज थरथर काँपिरहेको छु । लाजको गहना मेरा, उस्का ती दयाविहिन हातले क्रुडताका साथ निमोठेर आफ्नो सक्दो वल लगाएर प्रतिकार गरे पनि आफ्नो अस्मिता जोगाउन सकिन । त्यै पनि न्यायधिस सोध्छन ः के साँच्चै बलत्कार भएको हो ? एक हातले मेरो सास थुनेर मेरा बाहिरको मासु गिद्धले सिनो लुछे झैँ लुछिरह्यो त्यै पनि मै उभिएको छु न्यायको लागी अझैँ मै माथि औँला उठे कतै मेरो चरित्र नै खराब त होइन ? अन्योलमा परे म आफैले आफैलाई सवाल गरे कि म नै गलत थिएँ की ? मेरा शरीरका रगतका टाटाहरुसगँ रमाउँदा खै कस्ले देख्यो त्यो रगत ? त्यै पनि कानुन सोध्छ “ तिम्रो अस्मिता बलातकृत भएकै हो ” ?

मेरो आत्मा रहेन अब ।

छातिमा लाज रहेन अब ।

समाजले मेरो श्रीब्गार र पहिरणमा उल्टै दोषारोपण गर्ने छ । विचरा भनेर दुई थोपा आँशु झार्नेछन । मेरा सपनाको राजकुमारले अन्तै बाटो मोडने छ अब । चिताको आगोले भन्दा बढि पोल्नेछ मलाई । अझै कति उभ्याउँछौ मलाई । अजै कति औँला देखाउँछौ ? म त बोल्न नसके पनि उठेर तिम्रो सामु आउन सकेँ । कठै ति अबोध जस्ले आफ्नो अस्मिता जोगाउदा ज्यान दिनु प¥यो ।

खोइ न्याय मलाई ?

उठ आमा एउटा नारीको क्रोदन सुन

उठ दाजुभाई एउटा दिदि बहिनीको चिच्याहट सुन उठ समाज तिम्रा ति छन्

उठ सरकार तिमि आफै एक महिला हौ ।।

भखरै प्रकासित