Re Design Roshan Mainali

विश्वकप क्रिकेटको १२ औ संस्करणले नयाँ विजेता पाउने


विश्वकप क्रिकेटको १२ औ संस्करणले नयाँ विजेता पाउने

विश्वकप-क्रिकेटको-१२-औ-संस्करणले-नयाँ-विजेता-पाउने


असार २६, एजेन्सी । 

ईङल्याण्ड र वेल्समा आयोजना भएको १२ औ संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटले नयाँ विजेता पाउने भएको छ । विश्व क्रिकेटमा एकछत्र राज गरेका अष्ट्रेलिया, भारत, वेष्टईण्डिज लगायतका मुलुकलाई पन्छाउदै यसपटक न्युजिल्याण्ड र ईङल्याण्डले उपाधि भेट पक्का गरेका हुन् । 

यी ३ राष्ट्रबाहेक पाकिस्तान र श्रीलंकाले एक एक पटक विश्वकपको ट्रफि उचालेका छन् । न्युजिल्याण्ड दोस्रो पटक फाइनल खेल्न लागेको हो भने ईङल्याण्डको यो चौथो फाइनल यात्रा हो । यसअघिका फाइनलमा यी दुबै टोली पराजित हुदै आएका थिए । 

आज भएको दोस्रो सेमिफाइनलमा डिफेण्डिङ च्याम्पियन अष्ट्रेलियालाई ८ विकेटले हराउदै आयोजक ईङल्याण्डले न्युजिल्याण्डसंगको उपाधि भेट पक्का गरेको हो । 

कंगारु टोलीले दिएको २ सय २४ रनको सामान्य लक्ष्य ईङल्याण्डले ३२ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जासन रोएले ८५ रन बनाएको ईनिङसमा जोनी ब्रोष्टोले ३४ रनको योगदान गरे । जोए रुट ४९ र कप्तान ईयोन मोर्गन ४५ रनमा अबिजित रहदै टोलीलाई फाइनलमा पुर्याए ।  

अष्ट्रेलियाका पाट कुमिन्स र मिचेल स्टार्सले समान एक विकेट लिए । 

यसअघि बर्मिङघममा टस जितेर ब्याटिङमा उत्रिएको कंगारु टोली ६ वल अगावै २ सय २३ रनमा समेटिएको थियो । स्टेभन स्मिथले सर्बाधिक ८५ रन बनाएको कंगारु ईनिङसमा एलेक्स केरीले ४६, मिचेल स्टार्सले २९ र ग्लेन म्याक्सवेलले २२ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

उसलाई सामान्य स्कोरमा रोक्न क्रिस वोग्स र आदिल रसिदले समान ३ तथा जोफ्रा आर्चरले २  र मार्क उडले १ विकेट लिए । अष्ट्रेलियाका एक ब्याट्सम्यान रनआउट भएका थिए ।  

ईङल्याण्ड र न्युजिल्याण्डबिचको फाइनल खेल आईतबार लर्डसमा हुनेछ । 


भखरै प्रकासित