Re Design Roshan Mainali

आजबाट हुने भनिएको मुख्यमन्त्री कपको फाईनल राउण्ड भोलीबाट


आजबाट हुने भनिएको मुख्यमन्त्री कपको फाईनल राउण्ड भोलीबाट

विराटनगर मैदानमा पानी जमेपछि धरानमा खेल हुने


असार २६, इटहरी ।  

बिराटनगरमा आजबाट हुने भनिएको प्रदेश एकको मुख्य मन्त्री कप प्रदेश लिगको फाइनल चरण धरानमा भोलीबाट हुने भएको छ । विराटनगरको सहिद मैदान लगातारको बर्षाका कारण खेल्न अयोग्य भएपछि प्रतियोगीतास्थल र मिति परिवर्तन भएको हो । धरान रंगशालामा भोली बिहान ८ बजे धरान एफसी सुनसरी र बौद्धिक विकास समाज धनकुटाबिच प्रतिस्पर्धा हुनेछ । भोली अपरान्ह ४ बजे हुने खेलमा झापाको सैनिक युथ क्लब र वाक्सिला एफसी खोटाङबिच प्रतिस्पर्धा हुनेछ । शनिबार र आईबार पनि समान दुई वटा खेल हुने र फाइनल खेल मंगलबार हुने लिग आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । छनोट चरण पार गरी आएका ६ टोलीले फाइनल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले ५ लाख रुपैया हात पार्नेछन् ।

भखरै प्रकासित