Re Design Roshan Mainali

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा ईङल्याण्ड र अष्ट्रेलिया भिड्दै


विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा ईङल्याण्ड र अष्ट्रेलिया भिड्दै

न्युजिल्याण्डको प्रतिद्धन्दी को बन्ला ?


असार २६, एजेन्सी । 

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज आयोजक ईङल्याण्ड र डिफेण्डिङ च्याम्पियन अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुदैछ । बर्मिङघममा नेपाली समयानुसार दिउँसो सवा ३ बजे हुने प्रतिस्पर्धामा विजयी हुने टोलीले उपाधिका लागि न्युजिल्याण्डको सामना गर्नेछ । 

बलिया यी दुई टोलीबिचको एसेज सेमिफाइनल भेटले आम क्रिकेटप्रेमीको ध्यान खिचेको छ । समुहचरणमा भएको यी २ राष्ट्रबिचको भेटमा अष्ट्रेलिया बिजयी भएको थियो । 

त्यसअघिका चार एकदिवसीय भेटमा ईङल्याण्ड बिजयी भएको छ । एकदिवसीय भेटमा भएका १ सय ४७ एकदिवसीय भेटमा ईङल्याण्ड ६१ र अष्ट्रेलिया ८१ खेलमा विजयी भएका छन् । विश्वकप क्रिकेटको उपाधि ५ पटक उचालिसकेको कंगारु टोली हरेक हिसाबमा ईङल्याण्डभन्दा अघि रहेको छ । 

विश्वकपको फाइनलमा तीन पटक पुगेरपनि उपाधिको स्वाद लिन नपाएको आयोजक ईङल्याण्ड, चौथो प्रयासमा उपाधि हत्याउने योजनामा रहेको छ ।

भखरै प्रकासित