Re Design Roshan Mainali

ईण्डियालाई हराउदै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा


ईण्डियालाई हराउदै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

उपाधि जित्ने ईण्डियाको सपना चकनाचुर


असार २५, एजेन्सी । 


न्युजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रबेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा ईण्डियालाई १८ रनले हराउदै किबिज टोली दोस्रो पटक विश्वकप क्रिकेटको फाइनल पुगेको हो । 


२ सय ४० रनको सामान्य लक्ष्य पछ्याएको ईण्डिया,३ बल अगाबै २ सय २१ रनमा समेटिएपछि न्युजिल्याण्ड १८ रनको जितसंगै उपाधि नजिक पुगेको हो । सातौ विकेटका लागि रबिन्द्र जडेजा र महेन्द्रसिंह धोनीले १ सय १६ रनको साझेदारी गरेपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । विश्वकपको ईतिहासमा सातौ विकेटका लागि बनेको यो दोस्रो शतक हो । जडेजाले ७७ र धोनीले ५० रन बनाए । 


हार्दिक पाण्डेया र रिषव पन्तले समान ३२ रन बनाएको ईण्डियाको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । माथिल्लो क्रमका रोहित शर्मा, लोकेश राहुल र बिराट कोहली समान १ रनमा पभेलियन फर्कदा दिनेश कार्तिकले ६ रन जोडे । 


न्युजिल्याण्डका माट हेनरीले ३ तथा ट्रेन्ट बोउल्ट र मिचेल सान्टनरले समान २ विकेट लिए । लकी फेर्गुसन र जेम्स निशेमको नाममा समान एक विकेट रह्यो । 


यसअघि बर्षाले अबरुद्ध खेलमा किबिज टोलीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ३९ रनको सामान्य योगफल तयार पारेको थियो ।  उसको जितमा रोष टेलरले ७४ र कप्तान केन विलियम्सनले ६७ रनको योगदान गरे । हेनरी निकोल्सले २८ र कोलिन डि ग्राण्डहोम १६ रन बनाए ।  ईण्डियाका भुवनेश्वर कुमारले ३ तथा युजबेन्द्र चहाल, हार्दिक पाण्डेया, रबिन्द्र जडेजा र जसप्रित बुमराहले समान एक विकेट लिए । न्युजिल्याण्डले विश्वकपको उपाधिका लागि भोली हुने दोस्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा भोली आयोजक ईङल्याण्ड र डिफेण्डिङ च्याम्पियन अष्ट्रेलिया प्रतिस्पर्धा गर्नेछन् ।

भखरै प्रकासित