Re Design Roshan Mainali

विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


सर्वोच्च अदालतले भारत तथा तेस्रो देशबाट आयात गरिने तरकारी र फलफूलको विषादी परीषण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषद्को असार १८को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

भारत तथा तेस्रो देशबाट आयात गर्ने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो । विषादीयुक्र तरकारी आयात र नियन्त्रण नियन्त्रण निर्णयबाट सरकार पछि हटेको भन्दै उपभोक्ता हित संरक्षण ममञ्चका तर्फबाट अधिवक्ता विष्णुकमार तिमिल्सिनाले सरकारलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ असारमा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो ।

काठमाडौंमा रहेको भारतीय दूतावासको दबाबपछि सरकारले १८ असारमा तयारी नपुगेको भन्दै विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो ।

भखरै प्रकासित