Re Design Roshan Mainali

न्युजिल्याण्डबिरुद्ध ईण्डियाको खराब ब्याटिङ


न्युजिल्याण्डबिरुद्ध ईण्डियाको खराब ब्याटिङ

ईण्डिया हार टार्न संर्घषरत


असार २५, एजेन्सी । 

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको ईण्डियाले कमजोर ब्याटिङ गरेको छ । सुरुवाती ३ ब्याट्सम्यान ५ रनको स्कोरमा गुमाएको ईण्डियाले दिनेश कार्तिकलाई ६ र रिषब पन्तलाई ३२ रनमा गुमाएको छ । रोहित शर्मा, लोकेश राहुल र कप्तान बिराट कोहली समान १ रन बनाएर पभेलियन फर्किएपछि सुरुवातबाट नै ईण्डिया दवाबमा आएको थियो । मध्यक्रममा पन्तले हार्दिक पाण्डेयासंग मिलेर ४७ रनको साझेदारी गरेपनि पन्त पाचौ विकेटका रुपमा पभेलियन फर्किएपछि ईण्डियाको ईनिङस कमजोर भएको हो । २४ ओभरमा ५ विकेट गुमाएर ७५ रन बनाएको ईण्डिया हार टार्न संर्घष गरिरहेको छ । पाण्डेयाले २५ रन बनाएर क्रिजमा रहदा, महेन्द्रसिंह धोनीको सुस्तता कायम रहेको छ । माट हेनरीले ३ तथा ट्रेन्ट बोउल्ट र मिचेल सान्टनरले समान एक विकेट लिएका छन् । यसपछि पभेलियनमा सबै बलरमात्र रहेकाले ईण्डियालाई संयमित प्रर्दशनसंगै रनरेट सुधार्दै जिततर्फ अघि बढ्न ठुलो चुनौती देखिएको छ ।  

भखरै प्रकासित