Re Design Roshan Mainali

प्रदेश १ को मुख्य मन्त्री प्रदेश लिग भोलीबाट


प्रदेश १ को मुख्य मन्त्री प्रदेश लिग भोलीबाट

विजेताले ५ लाख रुपैया पाउने


असार २५ । 

प्रदेश एकको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनल राउण्ड भोलीबाट सुरु हुने भएको छ । बिभिन्न ३ स्थानमा भएको छनोटबाट आएका ६ टोलीले प्रतिस्पर्धा गर्ने लिग मोरङको बिराटनगरस्थित सहिद रंगशालामा हुनेछ । खेलको ड्र भने आज सार्बजनिक हुने लिग कमिटि संयोजक किरण राईले जानकारी दिनुभयो । लिगका लागि धरानमा भएको छनोटबाट बौद्धिक विकास धनकुटा र धरान एफसी छनोट भएका छन् । गाईघाटमा भएको छनोटबाट बाक्सिला एफसी खोटाङ र बेलबारी एफसी मोरङले लिगमा स्थान बनाएका छन् । त्यस्तै ईलाम छनोटबाट सैनिक युथ क्लब झापा र रेडहर्स क्लब ईलामले फाईनल चरणको लिगमा स्थान बनाएका छन् । छनोट भएर आएका ६ टोलीलाई २ समुहमा बिभाजन गरी एक अर्काबिरुद्ध प्रतिस्पर्धा गराईने छ । शीर्ष स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछन् । लिगको उपाधि बिजेताले ५ लाख रुपैया हात पार्नेछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा प्रदेश एक सरकारको संयोजनमा भएको प्रतियोगिताको छनोटमा प्रदेश एकका १४ टोलीले छनोट खेल खेलेका थिए ।

भखरै प्रकासित