Re Design Roshan Mainali

नेपाल पर्यटन पत्रकार महासंघको १ नम्बर प्रदेश समिति गठन सम्पन्न


नेपाल पर्यटन पत्रकार महासंघको   १ नम्बर  प्रदेश समिति  गठन सम्पन्न

विराट अनुपमको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति गठन


नेपाल पर्यटन पत्रकार महासंघको   १ नम्बर  प्रदेश समिति सोमबार गठन सम्पन्न  भएको छ ।   सोमवार पत्रकार विराट अनुपमको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति गठन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष पुर्कुटी, वरिष्ठ महिला उपाध्यक्षमा मनिषा चौलागाईं, महासचिवमा उत्तम पोख्रेल, उपमहासचिवमा कविराज घिमिरे, सचिवमा विनय बाह्रकोटी, महिला सचीवमा मौसमी कार्की र कोषाध्यक्षमा अमृत बास्तोला रहनुभएको छ ।

सदस्यहरूमा विवेक मिश्र, कौशल रेग्मी, सम्राट थापा, निकायल आलम, प्रकाश तिम्सिना, प्रेम देवान, एलिषा श्रेष्ठ र कृष्णबहादुर भट्टराई रहनुभएको छ । नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्माको प्रमुख आतिथ्यमा प्रदेश समिति गठन भएको हो ।

भखरै प्रकासित