Re Design Roshan Mainali

युवा नेता डिल्ली आचार्यको नजरमा उद्योग बाणिज्य संघ इटहरीको निर्वाचन


युवा नेता डिल्ली आचार्यको नजरमा उद्योग बाणिज्य संघ इटहरीको निर्वाचन

युवा-नेता-डिल्ली-आचार्यको-नजरमा-उद्योग-बाणिज्य-संघ-इटहरीको-निर्वाचन-


इटहरी उद्योग बाणिज्य संघको निर्वाचन यहि असार १४ गते हुन गइरहेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचनसम्बन्धि तयारीहरु समेत तिव्र र घनिभुत ढंगले अगाडी बढिरहेका छन । इटहरीका सम्पुर्ण उद्योगी व्यावसायीहरुको नेतृत्व चयन गर्ने यो निर्वाचनको मनोनयन दर्ता समेत भब्यताका साथ सम्पन्न भैसकेको अवस्था छ । सर्वसम्मतिबाट नेतृत्व चयन हुन नसकेको कारण चुनावी मैदानमा दुई समुह उत्रिएका छन, एउटा शैलेस कुमार विष्टको समुह र अर्को भिम पौडेलको समुह । यस पटकको निर्वाचनमा यिनै दुई समुहबिच चुनाबी प्रतिस्पर्धा हुनेछ । मैले निर्वाचन स्वच्छ, सभ्य र मर्यादित ढंगले सम्पन्न हुने विश्वास लिएको छु । एउटा व्यावसायी तथा इटहरीबासिको नाताले यो चुनावी माहोललाई मैले आफ्नै ढंगले ब्याख्या तथा विश्लेषण गरेको छु । १९ उम्मेदवार १९ प्रतिबद्धताका साथ चुनावी मैदानमा होमिएको समावेशी शैलेस विष्ट समुहका सम्पुर्ण उम्मेदवारहरु जितका हकदार छन ।

समावेशी समुहका अध्यक्ष शैलेश कुमार विष्ट इटहरीका निक्कै आशलाग्दा तथा भरपर्दा व्यावसायी हुन । विभिन्न संघ संस्थामा रहि हरतवरले तमाम इटहरीबासिहरुमाझ लोकप्रिय विष्टले इटहरी जेसिजको पुर्व अध्यक्षको कार्यभार कुशल तथा प्रभावकारी ढंगले निर्वाह गरीसकेका छन भने नेपाल तेक्वान्दो संघ प्रदेश नं. १ का अध्यक्ष साथै उद्योग बाणिज्य संघ इटहरीका बरिष्ट उपाध्यक्ष समेतको जिम्मेवारी उनले प्रभावकारी ढंगले निर्वाह गरीरहेका छन । रेडक्रस, लायन्स तथा विभिन्न सामाजीक संघ संस्थामा संम्लग्न रहि सामाजीक कार्यमा सक्रिय विष्ट सबै उमेर समुहका मानिसहरुसंग मिजासिलो र सप्रेम तरीकाले प्रस्तुत हुन्छन । कठिन समस्या तथा चुनौतिहरुलाई समेत कुशल ढंगले समाधान गर्न माहिर विष्ट स्पष्ट र प्रखर बक्ता समेत हुन । कुशल योजनाकार विष्टले इटहरीमा रहि उद्योगी व्यावसायीहरुका समस्या समाधानका हकमा गरेका कार्यहरु, आफ्नो कार्यकालमा उद्योग वाणिज्य संघ इटहरीको अलिशान भवन निर्माण सम्पन्नता, इटहरी क्षेत्रमा सोलार बत्ति र सि.सि. टि.भि. जडान कार्य तथा इटहरीमा आएको विनाशकारी भयानक बाढीका कारण पिढितहरुको उद्धार र राहत वितरणमा देखाएको सक्रियताका विषयमा इटहरीबासी सम्पुर्ण महानुभावहरु उद्योगी व्यावसायीहरुलाई बताइरहन पर्दैन ।

छोटो समयमा नै अतिनै लोभलाग्दा कार्यहरुमार्फत तमाम इटहरीबासीहरुमा गहिरो प्रभाव जमाउन सफल विष्टले आगामी दिनमा समेत अझ शसक्त र प्रभावकारी ढंगले इटहरीमै रहि तमाम इटहरीबासी र इटहरीका उद्योगी व्यावसायीहरुमाझ ओझपुर्ण र अविस्मरणिय कार्य गर्ने योजना तथा प्रतिबद्धताका साथ उत्कृष्ट र समावेशी ढंगले आफ्नो समुह निर्माण गरेका छन । विष्टको समुहका हरेक सदस्यहरु इटहरीका चिर परीचित इटहरीका उद्योगी व्यावसायीहरुमाझ प्रिय छन । समावेशी समुहका सम्पुर्ण सदस्यहरुको सामाजीक क्षेत्रमा उल्लेखनीय सहभागीता रहेको छ । असल व्यावासायीक वातावरणको निर्माण गर्नु नै महत्वपुर्ण बिषय ठानी आफ्ना प्रतिबद्धताहरुका साथ चुनावी मैदानमा उत्रिएको समावेशी विष्ट समुह नै मेरो नजरमा बिजयको हकदार छ । तसर्थ सम्पुर्ण इटहरीका उद्योगी व्यावसायी महानुभावहरुलाई सबैका इष्ट शैलेश कुमार विष्टको समावेशी समुहमा आफ्नो अमुल्य मत प्रदान गरी अत्याधिक मतले बिजयी गराइदिनुहुन म हार्दिकताका साथ अनुरोध समेत गर्दछु ।


भखरै प्रकासित