Re Design Roshan Mainali

१४ असारको चुनावी तराजु कस्को भारी


१४ असारको चुनावी तराजु कस्को भारी

१४-असारको-चुनावी-तराजु-कस्को-भारी-


सोच खबर संवाददाता

उद्योग बाणिज्य संघको निर्वाचन १४ गते हुने भएकोले नेकपा पक्षका शैलेश कुमार विष्ट र नेक., राप्रपा पक्षका भिम बहादुर पौडेल अध्यक्ष, सदस्य उमेद्वारहरु आ–आफ्नो चुनावी संकल्प पत्र प्रदान गर्दै व्यवसायी समक्ष भोट माग्दैको भेटघाट, चहलपहल बढेको छ । दुई पक्षकै चुनावी उमेद्वार आ–आफ्नो पकड भएका उद्योग, व्यवसायी समक्ष निर्वाचन पछि आय प्रगति मुलक दिगो विकास र शान्ति सुरक्षालाई विषेश केन्द्रमा राखेर योजनाबद्ध कार्यहरु नगरबासी ब्यवासायीको हीतमा काम गर्ने चुनावी प्रतिबद्धता व्यक्त गरीरहेका छन् भने बिजय पश्चात व्यवसायीको हितमा अहोरात्र लाग्ने उद्घघोष  गरेका छन् । व्यवसायीले भोगेका उल्झन  र झमेलाबाट भावी दिनमा न्यायीक छुटकारा पाउने किसिमका बुँदागत संकल्प पत्र तयार गरी आफ्नो पकडका मतदाताहरुलाई अध्यक्ष भिम ब. पौडेल पक्षले विशेष १० बुँदे संकल्प चुनावी पत्र व्यवसायीलाई प्रदान गरेको छ । उदाहरण स्वरुप उद्यमशिलता, विकास सबन्धि व्यवसायीलाई तालिम दिइने, व्यवसायीक ज्ञान हासिलकै लागि देश–विदेश भ्रमण बारे व्यवस्थापन गर्ने बजार क्षेत्रको सडक, निर्माण कर्ता र सरकार सँग थप व्यवस्थापन बारे तुरुन्तै समन्वयन गर्ने, विविध प्रकारका अव्यवस्थित पोल, तार, सडक पेटि र दुर्घन्धित विषयको  सहि व्यवस्थापन गर्ने, महिला उद्यमशिलतामुखी विषयगत कार्यक्रम संचालन गर्ने, कर तथा घर बहाल बारे व्यवहारीक ऐन निर्माण सम्बन्धि पहल गर्ने, व्यवसायीको कानुनी परार्मश बारे लेखा, कर लगायत विषयलाई निशुल्क व्यवस्थापन गर्ने, रु ५ लाख सम्मको निःशुल्क बिमा व्यवस्थापन गर्ने, उवा. संघमा दर्ता भएका व्यवसायीलाई उपयुक्त योजनाबद्ध कार्य थालनी गर्ने साथै सामुहिक  कार्यमा लोकपृयता पाइसकेका उमेद्वारहरु भएको हुनाले आगामि निर्वाचनमा अध्यक्ष भिम ब. पौडेल  पक्षको समर्थन चुनावी तराजुमा भारी देखिएकोले बिजय नजिक छ । 

भखरै प्रकासित