Re Design Roshan Mainali

बर्जुतालमा सुबिधा सम्पन्न भ्यू टावर बन्ने


बर्जुतालमा सुबिधा सम्पन्न भ्यू टावर बन्ने

पर्यटकीय स्थल बनाउन भ्यू टावर निर्माणले महत्वपूर्ण टेवा


इनरुवा । सुनसरीको बर्जु गाउँपालिकामा रहेको बर्जु तालमा सुविधा सम्पन्न अग्लो भ्यू टावर बन्ने भएको छ ।बर्जु गाउँपालिका कार्यालय सहितको अन्य क्षेत्रको ६ करोड लगानीमा १० तलाको ९० फिट अग्लो भ्यू टावर बन्न लागेको हो ।बर्जु ताल मा करिब ६ करोडको लगानीमा निर्माण हुन लागेको १० तले ९० फिटको भ्यू टावरको एक भव्य कार्यक्रमका बिच पुर्ब उपप्रधानमन्त्री तथा प्रतिनिधी सभाका सदस्य बिजय कुमार गच्छदारले शिलान्यास गरेको बर्जु गाउँपालिका कार्यालय जनाएको छ ।

भ्यू टावर भित्र विभिन्न पर्यटकीय पूर्वाधार र संरचना सहित बन्ने बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले जानकारी दिए । सुविधा सम्पन्न सहित बन्ने भ्यू टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामका लागि बास बस्न मिल्ने वातानुकूलित कोठा, पुस्तकालय लगायत संरचना बनाउने गरी डिजाइन गरिएको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले बताए ।

भ्यू टावरबाट बर्जु गाउँपालिका सहित वरपर सम्मका गाउँ आँखाले सजिलै देख्न सकिनेछ भने दूरबिनको प्रयोग गर्दा भारतको फुलकाहा सम्मका शहर देख्न सकिनेछ ।टावरको सोमबार शिलान्यास गर्दै पूर्व उपप्रधानमन्त्री तथा प्रदेश सभा सदस्य गच्छदारले  बर्जु ताललाई पर्यटकीय स्थल बनाउन भ्यू टावर निर्माणले महत्वपूर्ण टेवा पु¥याउने बताए । बर्जुगाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले ‘बर्जुतालमा भ्यू टावर’ बनेपछि यहाँ आउने पर्यटकको संख्या चार गुणाले बढ्ने अपेक्षा गरिएको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष संगिता कुमारी रायले बर्जु तालमा भ्यू टावरको निर्माणले समग्र बर्जु गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने बताईन ।

भखरै प्रकासित