Re Design Roshan Mainali

रेड ब्लुले दियो रेड बुललाई चुनौती: सक्छौ भने प्रतिस्पर्धा गर्न आउ


रेड ब्लुले दियो रेड बुललाई चुनौती: सक्छौ भने प्रतिस्पर्धा गर्न आउ

‘रेड बुल’ले रेड ब्लुलाई एउटै लोगो भयो भन्दै अदालतमा मुद्दा दायर गरेको थियो


इटहरी, रोजगारी उत्पादनको लक्ष्य राखी युवाहरूको एउटा समूहले नेपाल छिराएको इनर्जी ड्रिङ्क ‘रेड ब्लु’विरुद्ध पीपी खेतानको कम्पनीद्वारा भित्राइएको टिसी फर्मास्युटिकल उद्योग कम्पनीकोे ‘रेड बुल’ले दुश्प्रचार थालेको छ ।‘रेड बुल’ले रेड ब्लुलाई एउटै लोगो भयो भन्दै अदालतमा मुद्दा दायर गरेको थियो । हालिएको उक्त मुद्दामा रेड बुलले हारे पछी गलत मनसायले प्रतिबन्द गरेको भन्ने हल्ला फिजाएको रेड ब्लुले ठहर गरेको छ ।तर रेड ब्लु नेपालमा प्रतिबन्द नभएको समेत कम्पनिले दाबी गरेको छ । कम्पनिले रेड बुललाई प्रतिबन्द गरेर देखाउन समेत चुनौती दिएको छ ।जबकि, युवाहरूको रिलायबल नेपाल एक्स्पोर्ट इम्पोर्ट प्रालिले भित्राउँदै आएको रेड ब्लुलाई उद्योग विभागको चलानी नम्बर २०४ नम्बरको पत्र मार्फत २७ जेठमा जारी गर्दै रेड ब्लुको लोगोसँग मात्र सम्बन्धित रहेको उल्लेख गरेको छ । रिलायबल नेपाल एक्स्पोर्ट इम्पोर्टका सञ्चालक अशोक साह भन्छन्,‘लोगो उस्तै भयो भन्ने थियो, हामीले फरक लोगो भएको इनर्जी ड्रिङ्क भित्राउन थालेका छौं ।’त्यसो त व्यापारिक प्रभावका आधारमा रिलायबल कम्पनीमाथि खेतानको कम्पनीले विभिन्न सरकारी निकायमार्फत पहिला पनि अंकुश लगाएर बजारमा एकाधिकार जमाउने प्रयत्न नगरेको होइन । कतिपय कानुनी झमेला पनि दिएको थियो ।‘उद्योग विभाग तथा भन्सार कार्यालयलाई पनि प्रभावमा पारी हाम्रो काममा सकस गराइएको थियो । तर, हामी न्यायका लागि अदालत पुग्यौं, जहाँबाट हाम्रो सामान नरोक्नका लागि उच्च अदालतले अन्तरिम आदेश नै दिएको थियो’, रिलायबलका सञ्चालकले भने ।उच्च अदालत पाटनले रिलायबलले हालेको मुद्दाको पक्षमा १६ वैशाखमा फैसला सुनाएको थियो । त्यसपछि रिलायबलका लागि रेड ब्लु बजारमा विक्रि वितरण गर्न कुनै कानुनी अड्चन लगाउन नसकेपछि रेड बुलले प्रायोजित रूपमा दुश्प्रचारको हतियार समातेको हो ।