Re Design Roshan Mainali

विश्वकपमा आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै


विश्वकपमा आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै

पाकिस्तानलाई कंगारु टोलीको डर


जेठ २९, एजेन्सी । 

ईङल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज डिफेण्डिङ च्याम्पियन अष्ट्रेलिया र पाकिस्तानबिच प्रतिस्पर्धा हुदैछ । टाउन्टनमा नेपाली समयानुसार अपरान्ह सवा ३ बजे हुने खेलमा अष्ट्रेलिया तेस्रो र पाकिस्तान दोस्रो जितको खोजीमा रहने छन् । 

उपाधिको बलियो दाबेदार मानिएको कंगारु टोली पछिल्लो खेलमा ईण्डियासंग पराजित भएको थियो । पहिलो खेल गुमाएको पाकिस्तानले दोस्रो खेलमा आयोजक ईङल्याण्डलाई स्तब्ध पार्दै आफ्नो क्षमता प्रर्दशन गरिसकेको छ । 

श्रीलंकाबिरुद्धको खेल भने बर्षाले अबरुद्ध भएपछि अंक बाड्न बाध्य भएको पाकिस्तान, दोस्रँे जितसंगै सेमिफाइनल प्रबेशका लागि एक कदम अघि बढ्न चाहान्छ । 

एरोन फिन्च कमानीको अष्ट्रेलिया जारी विश्वकपमा उच्च फर्ममा रहेको छ । यद्यपी भरपर्दा बलर मार्कोस स्टोईनिस फिटनेशका कारण टिम बाहिर रहेपछि उसमा केहि दवाब थपिएको छ । सर्फराज अहमदको कमानीमा रहेको पाकिस्तानले पहिलो खेलमा वेष्टईण्डिजसंग लज्जास्पद हार भोगेपनि ईङल्याण्डबिरुद्धको खेलमा भने लय समाएको थियो । सोहि लय कायम राख्दै कंगारु टोलीलाई बलियो चुनौती दिने लक्ष्यमा उ मैदान उत्रनेछ । 

पाकिस्तानबिरुद्ध पछिल्ला ५ एकदिवसीय भेटमा सबै खेलमा जित निकालेको अष्ट्रेलिया उच्च मनोबलमा छ । पाकिस्तानलाई भने युएई भ्रमणको सिरिजमा भोगेको हारको बदला विश्वकपमार्फत लिने अवसर पनि जुरेको छ । 

विश्वकप क्रिकेटमा यी टोलीको भेट ९ पटक भैसकेको छ । जसमा ५ पटकको खेल अष्ट्रेलियाले आफ्नो पक्षमा पार्दा ४ पटक पाकिस्तान विजयी भएको थियो । 

यसअघि बर्षा बाधक बनेपछि श्रीलंका र बंगलादेशबिचको खेल स्थगीत भएको थियो । टस नै नभई खेल स्थगित भएपछि दुबै टोलीलाई एक एक अंक प्रदान गरिएको छ ।