Re Design Roshan Mainali

विश्वकप महिला फुटबलमा अमेरिका र नेदरल्याण्ड्स बिजयी


विश्वकप महिला फुटबलमा अमेरिका र नेदरल्याण्ड्स बिजयी

थाईल्याण्डबिरुद्ध अमेरिका १३–० ले बिजयी


जेठ २९, एजेन्सी ।  

फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिका, नेदरल्याण्डस् र स्विडेनले बिजयी सुरुवात गरेका छन् । समुह ई अन्तएगतको खेलमा नेदरल्याण्ड्सले न्युजिल्याण्डलाई १–० ले हराउदै महिला विश्वकप फुटबलमा सुखद सुरुवात गरेको हो । 

समुह एफ अन्र्तगतको खेलमा स्विडेनले चीलीलाई २–० ले हराउदा अमेरिकाले एसियाली मुलुक थाईल्याण्डबिरुद्ध १३–० को फराकिलो जित हात पार्यो । पहिलो हाफमा ३–० को अग्रता बनाएको अमेरिकाले दोस्रो हाफमा १० गोल थपेको थियो । अमेरिकाको जितमा एलेक्स मोर्गन एक्ललै ५ गोल गरिन् । 

महिला विश्वकपमा आज नाईजेरिया र दक्षिण अफ्रिका, फ्रान्स र नर्बे तथा जर्मनी र स्पेन प्रतिस्पर्धा गर्नेछन् ।