Re Design Roshan Mainali

लोकसेवाले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रद्द गर्न दिएको निर्देशन विरुद्ध प्रदर्शन


लोकसेवाले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रद्द गर्न दिएको निर्देशन विरुद्ध प्रदर्शन


         स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले थालेको प्रक्रिया रद्द गर्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विरोध गर्दै आज काठमाडौंमा प्रदर्शन भएको छ ।लोकसेवा अध्ययनरत विद्यार्थीहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।लोकसेवा आयोग तयारी संघर्ष समितिको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले समितिको निर्णयविरुद्ध नाराबाजी गरे ।उनीहरुले आफूहरुको भविष्यमाथि खेलवाड नगर्न सरकारलाई चेतावनी दिए ।

     करारमा कर्मचारी नियुक्त गरे लोकसेवा अध्ययनरत विद्यार्थीमाथि अन्याय हुने उनीहरुको भनाइ थियो ।लोकसेवाले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रद्द गरे कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।