Re Design Roshan Mainali

इटहरीको घटना प्रती यसो भन्छन् बिजय सापकोटा ?


इटहरीको घटना प्रती यसो भन्छन् बिजय सापकोटा ?

इटहरीको-घटना-प्रती-यसो-भन्छन्-बिजय-सापकोटा-?


प्रसंग इटहरीको घटना प्रती घटित सामाजिक संजाल को हो। हुल जता छ त्यतै बहकिने हाम्रो संस्कार भैसकेको छ। जति पनि भ्रष्टाचारको बिरुद्ध अभद्र टिप्पणी गर्ने समर्थक हुनुहुन्छ अधिकांशले सुविधाभोग र कमाउधन्दाको सजिलो बाटोमा कर्मचारी र अन्य क्षेत्र लाई भ्रष्ट बनाउने प्रमुख कारक तत्वको रुपमा तपाइहरुमै आम मानसिकता बनेको छ । आज तपाईं तमाम नागरिक जसले राजनैतिक संगठनको आडमा रहेर मापदण्ड बिपरित र नियोजित रुपमा कर्मचारी र दलाल संग मिलेर लाइसेन्स किन्नुभएको छ,मालपोत ठगि गर्नु भएको छ, बिकास बजेट दुरुपयोग गर्नुभएको छ , कर र भ्याट छली गर्नुभएको छ, विभिन्न क्षेत्रमा दोश्रो ब्यक्तिको अधिकार ठग्नु सम्म ठग्नुभएको छ ,सार्वजनिक ठाँउमा पान गुड्खा खाएर अथवा फास्ट फुड लगायत का फोहोर जथाभावी फाली बालै नदिइ सुन्दर देश कुरुप पर्नु भएको छ, जग्गा दलाली गरेर गरिबले किन्नै नसक्ने गरि टुक्राटुक्रा परेर बाँजो राख्नु भएको छ, सडकमा उछिन पाछिन गरेर अस्तब्यस्त बनाउनुभएको छ, जागिर ठेक्कापट्टाको लागि हाकिम र मन्त्री नै किन्नुभएको छ ,र अपराध ढाकछोप गर्न पुलिस प्रशासन र अदालतै किन्नु भएको छ ,निर्वाचनमा आफ्नु भोट बेच्नु भएको छ, या स्वार्थ साँध्नुभएको छ, अब भन्नुस् कहाँ न्याय र समानताको अभियानमा तपाइँ सम्मिलित हुनुहुन्छ?


अपराधिक मानसिकता बोकेर सामाजिक संजालमा आबेग पोख्दैमा मावो सेतुङ हुइँदैन नकि गौतम बुद्ध र संगठनात्मक तथा नितिगत रुपनै भ्रष्टाचारको संजाल फैल्याएर कानुन किन्ने महामहिम "कमाउनिष्ट"र "खानेरेस" सावहरुको त कुरै छोडौँ वाहाँहरुत उग्रवामपन्थी र उग्रराष्ट्रवादी भैहाल्नु भो अहिले वाहाहरु लगानिको ब्याज खाँदै हुनुहुन्छ त्यसैले निती माथी बेथिति लादेर राज्यलाई दोहन गरि आज बिना स्रोत बिना लगानी उनिहरु पुँजिपती भएका छन ।अनि कानुनी राज्य भएन तेसैले म जे पनि गर्छु भ्रष्टाचारीका लागि भन्ने यस्ता महामहिमहरु आफैं बोक्सी आँफै झाँक्री बन्नुहुन्छ। त्यही भएर होला हत्यारा बालकृष्ण ढुंगेल लाई आम माफी दिनुभएको ? भ्रष्टाचार मुद्दा लगायतका अपराधको पर्दाफास हुने डरले रातारात प्रधानन्यायाधीश शुशिला कार्की माथी तत्कालीन पि.एम सेर.ब.देउवा-प्रचण्ड को संयुक्त सरकारले महाअभियोग लागाइ शक्तिको प्रयोग गर्नुभएछ।

सर्वहारा वर्गसंघर्ष नेता र राजनीति कर्मीका बिना स्रोत करोडौं सम्पत्ति छ त्यसकारण यो बुझ्नुपर्छ कि तपाईंले हामीले तिरेको रगत पसिनाको कमाइको एक हिस्सा हो।सुरक्षा निकायका अधिकारीहरुनै ठुलो अनुपातमा सुन कान्ड,बलात्कार,हत्या लगायतका विविध अपराध तथा अपराधीक ब्याक्तीको संरक्षक र साझेदार भएको बारम्बार समाचार घटित भइरहनु नियमन,नियन्त्रण र कारवाही नहुनुले सुरक्षा निकाय प्रती अविस्वास बडेर समाज असुरक्षित महसुस गरिरहेको छ । यो सब भागबन्डा र राजनैतिक संरक्षणका कारण भैरहेको छपुर्व पि.एम डा. बाबुराम भट्टराई द्वारा सार्वजनिक रुपमा सेना- समायोजनताका प्रचण्डले भ्रष्टाचार गरेको दाबी गरिरहदा सम्म छानबिन हुननसक्नुले राज्यनै नभएको भान गराएको छ। अफवाह हो भने बाबुराम भट्टराई लाई कार्वाही गर्न किन सक्दैनन् 

पुर्ववत सरकारको पदचापलाई निरन्तरता दिदै तत्कालीन देउवा, प्रचण्ड ,ओलि सरकारले गरिव जनताको नाउमा नागरिक सहायता कोषबाट कार्यकर्तालाई करोडौं बाँडफाँड गरेको लुक्न सकेन ।प्रचण्डले सरकार परिवर्तनको खेलमा विभिन्न अस्त्र प्रयोग गरि ढालिएको के पि नेतृत्व सरकार सँग को सहकार्य स्वार्थपूर्तिका लागि घटित र गठित भएका छन।सामाजिक संजाल मा भएका बिकृती र बिसंगती ले समाजमा पुर्याएको खलल प्रती सरकार कहिल्यै नियन्त्रण गर्दैन ।भ्रस्टचारिले चुनाव लड्न पाउने भौजदारी अभियोग भोगेका ब्याक्तीको सांसद पद खारिज नहुने नीति पास गर्नुले ले के दर्साउदछ?सांसद मन्त्री को सेवा सुबिधा र तलव वृद्धि मा बिना बिबाद नीति पास हुनेगरेको छ राष्ट्रिय एजेन्डा र जनताको अधिकारको माग कहिल्यै पनि बिना विवाद सम्पन्न भएन।उता मालिक भक्ती देखाउने हतारोले मोदी भ्रमणमा राष्ट्रिय झन्डा को र जनताकै अपमान गरियो । देखवटी बिकास मा अनावश्यक खर्च गरेर जनताको ढाड सेक्ने काम मात्र गरियो तर पक्ष प्रतिपक्ष कोहि बोलेनन् ।

आफैं सञ्चार मन्त्री रहेर गोकुल बाँस्कोटाले प्रश्न सोधेकै कारण स्वतन्त्र पत्रकार माथी हस्तक्षेप गर्दै २०७५/२/२९ मा गुण्डा शैलीमा राजु थापाको शिधा प्रश्न कार्यक्रम सम्म बन्द गराएका छन।यहाँ तेल चोर्न पाउनुपर्ने मागको आन्दोलन गर्दा समेत सरकार छुप बस्छ तर जनताले मौलिक अधिकारको माग राखी आन्दोलन गरे भने अनावश्यक हस्तक्षेप गरि दबाउने गरेको हजारौं उदाहरण छन।गरिब देशका श्री ५ ओलि सरकार एकचोटी चिन लगायतका देश भ्रमण गर्दा १करोड ९३लाख भन्दा बढी खर्छ गर्न्नुहुन्छ पुर्व राजनैतिक नियुक्ति खारिजी गरि आफ्ना कार्यकर्ता नियुक्ति गर्ने पुरानै नियत बारम्बार दोहोर्‍याउनुहुन्छ।जाहाज किन्दा सम्म भ्रष्टाचार हुन्छ यहाँ ,सम्झौता बिपरित गह्रौं जहाज किनि अरबौं भ्रष्टाचार त पक्कै जनताले गरेका होइन होला?सर्वहारा जनताका मन्त्रीका लागि करोडौं का गाडी र करोडौं को मर्मत खर्च चाहिन्छ तर जनताको जनताको बिचल्ली कसले बुझ्दिने?

यहाँ त यतिसम्म पनि हुन्छ कि एनसेल प्रकरणमा प्रचण्डले २० अर्ब र सेना समायोजनमा ४ अर्ब भ्रष्टाचार गरेको हो भनेर पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ठोकुवा गर्दा पनि छानबिन हुनसक्दैन भने जनतालाई कस्ले सुनिदिने।अझ सरकार मेडिकल कलेज चलाउन ब्यापारिलाइ दिएर सरकार चुरोट कारखाना चलाउदैछ। त्यसैले पुराना पार्टी र सरकारले सबैलाई बिमारी बनाएर आफू एकलौटी राज गर्न चाहान्छ।यो पनि थाहा होला सबैलाई कि कांग्रेस र कम्युनिस्ट सरकार द्वारा गोबिन्द केसीको माग दर्जनौं चोटि उल्लंघन गर्छ र जुम्ला अस्पताल लगाएत धेरै ठाउँमा समर्थक माथि चरम दमन गर्छ ।के गोबिन्द केसी को माग नाजायज थियो र?सिन्डिकेट अन्त्य गर्ने कुरा जोक मात्र रहेछ कामचोर ठेकेदार लाई कार्वाहीको कुरा त गर्जनमै सिमित भयो भने एउटा भ्रष्टाचारि पनि समातिएका छैनन् त्यसकारण समृद्धि को सपना सपनैमा अल्पविराम लगाइदिम राज्यनै जनता संग दलालि गरेर ६५ रुपैयाँमा तेल किन१११ को पेरिफेरिमा बेच्छ अनि घाटा भयो भन्द्दै हिंड्न् लाज लाग्दैन?

जिम्मेवार पदमा बसेर मन्तृहरुले यति दिन भित्र यो काम गर्छु भनेर सन्चार माध्यमका सामु गरेको बाचा किन पूरा गर्दैनन् तर बिदेशमा बाचा गरेको अलिकति समय ढिलो भयो भने पनि राजिनामा दिने गरेको उदाहरण छन। बर्तमन सरकार द्वारा बलत्कारी संरक्षक एस एस पि बिद्यानन्द माझी लगायत भ्रष्ट ब्यक्ति लाई पुरस्कर दिदै हिड्छन।बुढिगण्ड्की जलविद्युत आयोजना लगायत राष्ट्रिय गौरवका आयोजना हरु भागबन्डा नमिल्दा अहिले सम्म अस्तब्यस्त छन।सरकारी क्वाटरमा बसेर सरकार संग घरभाडा समेत लिने ओनसरी घर्ती र सन्ध्या पहाडी लगायत लाई खोइ कार्वाही ?आफ्नु धर्म संकृती मासेर पिस फेडेरेसन जस्तो धर्म सस्थामा माधव कुमार नेपाल एजेन्ट रहेर सम्पुर्ण ओलि सरकार झूक्नु ले कस्तो राष्ट्रियता झल्किन्छ दुर सञ्चार महाप्रबन्धक बाट भ्रष्टचारको मुद्दा लगाइ निस्कासन गरि फेरि उनै दिगम्बर झा लाई पुन ओलि सरकार आफैं नियुक्ति दिनुहुन्छ यो सिधा भ्रष्टाचार हो।

राजाले हरुले यत्रो २५०बर्षमा८ करोड मात्र स्वास्थ उपचार खर्च गरेछन तर जनताका प्रजातान्त्रिक र कम्युनिस्ट भनिएका नेताले १०बर्षमै ५अरब खर्च गरे भन्दा अचम्म लाग्दैन ?भ्रष्टाचार नगर्ने प्रतिबद्धताकै कारण प्रेम सन्जेल लाई विराटनगर श्रम कार्यलय बाट सरुवा गरिन्छ भने आफैं बुझ्नुस। जहाज खरिद प्रकरणमा ४अर्व ३५ करोड ५५लाख घोटाला गर्ने मध्य बहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारी र पुर्व पर्यटन मन्त्री जितेन्द्र नारायण देव र जीवन बहादुर शाही सहित पर्यटन सचीव कृष्णप्रसाद देवकोटा र गृह सचिव प्रेमुकमार राईलाई दोषी ठहर गरेर किन कार्वाही नगरेको ?

कुनै बेला बेलायतलाई ५७करोड ५० लाख सहयोग गर्ने नेपाल आज कसरी गरिव भयो ? यसको जिम्मेवार को हओ?

?

आफ्नु बिहेमा राजाले बीस हजार ऋण गरेर बिहे गरेथे तर आज ६० वर्षपछि एक राजस्व कर्मचारीले ६ अर्वको भ्रष्टाचार गर्छ तर कुनै कारवाही हुदैन किन ? 

किनिएको भनिएको जहाजको कुनै कागजात छैन, अनुदान र खरिद गरेर एक दर्जन जहाज छ्न् तर मासिक तीस करोडभन्दा धेरै घाटा छ रे ! न मन्त्रीसँग जहाज किनेको प्रमाण छ नत निर्देशकसँग । यो त अति भएन ? 

दुई तिहाईको समाजवादी सरकार छ, समाजवादी प्रतिपक्षी छ । तर कर तिर्न घुस खुवाउनुपर्छ । करङ भाँचिएर अस्पताल जानुभयो भने पैसा त लाग्छ लाग्छ उल्टो भ्याट पनि लाग्छ । यो दुर्भाग्य होइन ?

हिड्न मिल्ने बाटो छैन,पिउन योग्य पानी छैन, युवालाई देशमा रोजगारी छैन । निर्मला जस्ता पिडितलाई न्याय छैन । तर सरकारलाई विश्वसुन्दरीमा नेताकी छोरीलाई जिताउने चासो छ 

बोका पाल्न अनुदान छ, भैंसी पाल्न अनुदान छ , सुँगुर पाल्न अनुदान छ तर गाई पाल्न भने सरकार सर्त तेर्स्याउँछ कि जर्सी पाल्ने भए मात्र दिने नत्र हुदैन ? यहाँभित्रको राजनीति के हो बुझ्ने कसले ?

युवाहरू खाडीमा श्रम बेच्दैछन्, सरकार नदिनाला बेच्दैछ , अभागी चेलीहरू बम्बै र ठमेलमा जवानी बेच्दैछन्, काभ्रेको हेक्सेमा सवै गरिव तामाङहरू मृगौला बेच्दैछन्, लोभी बाहुनहरू वेद र मन्त्र बेचिरहेकाछन् , इसाईका दलालहरू डलरमा नेपाली मौलिकता र धर्म्म बेच्दैछन् । 

पशुपतिनाथको कृपाले मात्र कति दिन चल्ला देश ? 

सरकार टुकुचामा खसी बोका बेच्ने , जनकपुर चुरोट कारखाना चलाएर चुरोट बेच्ने, अनि बिनोद चौधरी नर्भिक हस्पिटल चलाउने, दुगडहरू स्कुल चलाउने । यो पनि लोकतान्त्रिक सरकार हो ? यो पनि सामाजवाद हो ? 

भुटानमा विद्यालय निशुल्क छ, विश्वविद्यालय निशुल्क छ, हस्पिटल निशुल्क छ र जेष्ठ नागरिकको भरणपोषण राज्यले गर्छ । नेपालमा पानीको ३० रुपैयाँ र पिसाव फेरेको पाँच रुपैयाँ । सिंगापुर र स्विजर्ल्याण्ड बनाउँछु भन्नेहरूले कमसेकम भुटान जत्तिको बनाए हुँदैनथ्यो?

। इनि साच्चै कम्युनिस्ट हुन्थे साँच्चै समाजवादि हुन्थे भने इनले आजसम्म एकरती भ्रष्टाचारको मुद्दामा बोलेको सुनेको छैन आज 50%भ्रस्टाचार इनिहरुकै सरकारका प्रतिनिधिले इनिहरुलेनै गरेका छन चेतना भया?अचेल बालुवाटार हावैजहाज कोसि कर्णाली बुढिगण्ड्की तमाम सरकारी उद्योग यावत अनगिन्ती भनेरै नसकिने गरि भुँडी फुटुन्जेल खाएर नअगाउने हरु लाई इनिले कहिल्यै धावा बोले बरु मिलेर भुडी फुटाए ? त्यसकारण अब हामी सत्यलाई सत्यकै रुपमा व्यावहार गरौ देश बदल्नु छ पहिला आफै बाट आफ्नु कर्तव्य पुरा गरौं !

यसलाई प्रत्येक नेपालीले व्यापक शेयर गरि जवाफ माँगौं, जनताको छोराछोरीले गर्ने शासनमा प्रश्न गर्ने र जवाफ पाउने अधिकार कसैले खोस्न सक्दैन यो अधिकार जनताको रगत पसिनाले आर्जेको हो?


विजय सापकोटा को फेसबुक बाट