Re Design Roshan Mainali

फिदिम बजारमा आगलागी


फिदिम बजारमा आगलागी

फिदिम-बजारमा-आगलागी-


पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। आगलागीबाट संगीत रानामगरको दुई तले घर र नजीकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ। फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आइसकेको छ। आगलागीबाट नजीकै रहेको एक गेस्टहाउसको छतमा पनि क्षति पुगेको छ। आगलागीको कारण र क्षतिबारे खुल्‍न बाँकी रहेको प्रहरीले बताएको छ।