Re Design Roshan Mainali

ईद उल फित्र (इद) भोलि देखि सूरु


ईद उल फित्र (इद) भोलि देखि सूरु



      अन्सार अन्सारी इनरुवा । इस्लाम धर्मावलम्बीको महान् पर्व ईद उल फित्र (इद) भोलि देखि सूरुहुने भएकाले  भुटाहा , इनरुवामा किनमेल गर्नेहरुको चहलपहल बढेको छ । सुनसरीजिल्ला सदरमुकाम इनरुवा देखि दक्षिण तिर भुटाहा  ,हरिनगरा  ,घुस्की ,देवानगंज  ,कप्तानगन्ज बजार क्षेत्रमा किनमेल गर्नका लागि चहलपहल बढेको छ । यस पर्वमा बनाइने बिभिन्न परिकार हरु बनाउनका लागि खरिद बिक्रि गर्नेहरुको चलहपहल बढेको ब्यापारीहरु बताउँछन् । त्यसमा पनि बिशेष गरी बजारमा सेवईको बिक्री ह्वात्तै बढेको छ । खास गरि इनरुवामा  रहेको रेडिमेट कपडाहरुको  थाैक पसलहरु नयाँ लुगाको लागि लुगा पसलहरुमा किनमेल गर्न साथै जुत्ता चप्पल पसलहरु ,कस्मेटिक पसलहरु मा चहलपहल बढेको छ । पर्वमा सेवइ खाने परम्पराले इदको तयारीसँगै जताततै सेवईको बजार जमेको हो । पर्वमा सेवईको खिर र मासुका विभिन्न परिकार खाने खुवाउने परम्परा रहेको छ । जस्तोसुकै आर्थिक अवस्था भए पनि पर्वका लागि यी परिकार अनिवार्य झैँ भएकाले पर्वको तयारीसँगै सेवईको बिक्री बढेको घुस्कि बजारमा  सेवइको बिक्रि गर्ने ब्यापारी इसराफिल मियालले  बताएका छन् । मुस्लिम परम्पराको हिजरी सम्वत्मा रमजान महिनाभरि रोजा (व्रत) बसेका मुस्लिम धर्मावलम्बीले एक महिने व्रत सम्पन्न गर्दैछन् । चन्द्रमाको गतिमा आधारित यो पर्व रमजान सकिएर सौव्वाल महिना शुरु भएको दिन मनाइन्छ ।