Re Design Roshan Mainali

सगरमाथामा १८ जना पर्वतारोहीको निधन


सगरमाथामा १८ जना पर्वतारोहीको निधन


सगरमाथामा एक आइरिश र एक बेलायती पर्वतारोहीको मृत्यु भएपछि त्यहाँ मृत्यु हुनेहरूको संख्या १८ पुगेको छ ।

पर्वतारोहण अभियान आयोजकहरूले शनिवार यो जानकारी दिएका हुन् । अधिकारीहरूका अनुसार, अधिकांश पर्वतारोहीहरूको मृत्यु थकान, कमजोरी र भीडभाडका कारण भएको हो । बेलायती पर्वतारोही रबिन फिशर शनिवार बिहान सगरमाथाको शिखर पुगे तर तल ओर्लिने क्रममा उनको मृत्यु भयो ।एभरेस्ट परिवार एक्सपेडिसनका मुरारि शर्माले भने, ‘हामीहरूका गाइडले सहायता गर्ने कोशिश गरेका थियौं तर फिशरको मृत्यु भयो ।’

सगरमाथामा भारतका चार अनि अमेरिका, अस्ट्रिया र नेपालका एक एक पर्वतारोहीको मृत्यु एक हप्ताको बीचमा भएको छ । सगरमाथाको शिखर चढ्नका लागि पर्वतारोहीको जाम लागेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि पर्वतारोहीहरूको सुरक्षामा प्रश्न उठेको छ । दुई सयभन्दा बढी पर्वतारोहीले शिखर पुग्ने कोशिश गर्दा सगरमाथामा ट्राफिक जाम भएको हो ।

शिखरमा पुग्नका लागि पर्वतारोहीहरूले दुई घन्टाभन्दा बढी समय कुर्नुपर्दा पनि मृत्यु भएको हो ।