Re Design Roshan Mainali

ट्वीटरमा आईपीएलको यस्तो कीर्तिमान


ट्वीटरमा आईपीएलको यस्तो कीर्तिमान

एजेन्सी । भर्खरै सम्पन्न भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलहरुमा खचाखच दर्शकले स्टेडियम भरिएको थियो ।मिडियाका विभिन्न माध्यमहरुमा पनि यहि प्रतियोगिताको चर्चा निरन्तर चलिरहेको अवस्था थियो । भारतमा क्रिकेटको अत्याधिक क्रेजको कारण आईपीएल चलिरहँदा अन्य गतिबिधी नै कम हुने गरेको बताइन्छ ।आईपीएलको महिमा यतिमै सिमित रहेन । पैसाको खोला नै बग्ने यस प्रतियोगिताका समर्थकहरुले ट्वीटरमा पनि त्यस्तै तहल्का मच्चाए ।आईपीएलको यस १२ औं संस्करण प्रतियोगिताको बारेमा २ करोड ७० लाख वटा ट्वीट गरिएको थाहा भएको छ । कुल ६० खेल खेलिएको यस प्रतियोगिताको ट्वीटरमा चर्चा अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशत बढि भएको तथ्यांक सार्वजनिक भएको छ ।प्रतियोगितामा यसरी चर्चा बटुल्ने क्रममा महेन्द्र सिंह धोनीको बढि योगदान रहेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनको नाम मेन्सन गर्दै सबैभन्दा बढि ट्वीट गरिएको छ ।त्यस्तै व्यक्तिगत प्रदर्शन राम्रो भएपनि खराब कप्तानीमा नाम कमाएका विराट कोहली भने यस सूचीमा दोश्रो स्थानमा छन् । त्यस्तै उपाधी बिजेता मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा भने तेश्रो नम्बरमा छन् ।यस प्रतियोगिताको बारेमा सबैभन्दा बढि ट्वीट भने फाइनल खेल नै भएको बताइन्छ । उक्त खेलमा मुम्बईले चेन्नई सुपर किंग्सलाई १ रनले हराइ रोमाञ्चक बनाएको कारण पनि यसको चर्चा बढि भएको बुझिएको छ ।आईपीएलमा यस्तै चर्चित भने हार्दिक पाण्ड्याको एउटा ट्वीट बनेको छ । उक्त ट्वीटमा मुम्बईबाट खेलेका हार्दिकले धोनीसँगको फोटो राख्दै ‘मेरो प्रेरणा, मेरो दाजु, मेरो साथी, मेरो आदर्श’ क्याप्सनमा लेखेका थिए ।  उक्त फोटो १६ हजार समर्थकले रि–ट्वीट गरेका थिए भने एक लाख ४० हजारले उक्त पोष्टलाई लाइक गरेका थिए ।भारतको ट्रेन्डीङमा पटक पटक कब्जा गरेको यस प्रतियोगिताको ट्वीटरमा अझैसम्म चलिरहेको चर्चा देख्दा इंग्ल्याण्ड हुन गइरहेको विश्वकप प्रतियोगिता अघिसम्म यो शान्त नहुने विश्लेषण गरिएको छ ।