Re Design Roshan Mainali

किंग्स लाउन्जमा पूर्व राजा ज्ञानेन्द्रको तीन घण्टा ( फोटो फिचर सहित )


किंग्स लाउन्जमा पूर्व राजा ज्ञानेन्द्रको तीन घण्टा ( फोटो फिचर सहित )

फोटो : सरोज राई ।

काठमाडौंको दरबार मार्गमा सञ्चालनमा रहेको किंग्स लाउन्जमा पूर्व राजा ज्ञानेन्द्र शाहले परिवार सहित ३ घण्टा समय बिताएका छन् । गत शुक्रबार पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व राज परिवारका सदस्य तथा आफन्तासँग ह्याप्पी फ्राइडे मनाएका हुन् । श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा पुर्व राजा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुगेका थिए । झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्ज पुगेका ज्ञानेन्द्रले पुरै तीन घण्टा समय बिताएकाथिए । सुट पाइन्ट लगाएर औपचारिक शैलीमा किंग्स लाउन्ज पुगेका पूर्व राजा ज्ञानेन्द्र हर्षित मुद्रामा देखिएका थिए । साँझ झण्डै साढे ७ बजे सुरक्षाकर्मीको बाक्लो उपस्थितीका बिच दरबारमार्ग पुगेका पूर्व राजा ज्ञानेन्द्रले लाइभ म्युजिकको साथमा स्वादिष्ट भोजनको मज्जा लिएका थिए । सहभागि सबैले किंग्स लाउन्जमा उपलब्ध विभिन्न प्रकारका स्वादिष्ट खानाको स्वाद लिँदै गर्दा पूर्व राजा ज्ञानेन्द्रले खानाको प्रंशसा गर्दै सञ्चालकहरुलाई धन्यवाद दिएका थिए । लाउञ्जले मिलाएको सुरक्षा प्रबन्धको पूर्व राजा ज्ञानेन्द्रले तारिफ गरेका थिए । सो अवसरमा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरुले लाउन्जमा उपस्थित फ्यानहरुसित फोटोसमेत खिचाएका थिए । शाहलाई किंग्स लाउन्ज सञ्चालक तथा व्यवस्थापनका साथै सर्वसाधारणहरुले भव्य स्वागत तथा सम्मान प्रदान गरेका थिए । पूर्व राजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिब गरिएको थियो ।