Re Design Roshan Mainali

लियो क्लब अफ धरान घोपा युनाइटेडद्वारा हाइजिन तालिम सम्पन्न


लियो क्लब अफ धरान घोपा युनाइटेडद्वारा हाइजिन तालिम सम्पन्न

सामाजिक क्षेत्रमा क्रियाशिल धरानस्थित बि. पि. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानभित्रको लियो क्लब अफ धरान घोपा युनाइटेडले दाँत माँझ्ने र हात धुनेबारे जनचेतना मुलक "हाइजिन" तालिम सम्पन्न  गरेको छ । "लियो हाइजिन : आवर कन्सर्न" प्रोजेक्टमा सर्कुलर टेकनिक र मोडिफाइड बाँस टेकनिकबाट दात माँझ्ने र वैज्ञानिक ७ चरणमा हाथ धुने तरिका सम्बन्धि प्रस्तुति क्लबका सदस्य लियो आसुतोस साह, लियो प्रियन्का भुसाल र लियो स्मृति श्रेष्ठले दिएका थिए । "हात धोऊँ जानेर, रोग जान्छ भागेर" र "ब्रस गरौँ यसरी, किटाणु भागोस् त्यसरी" भन्ने सन्देशका साथ धरान - १५ स्थित श्री बद्रीनाथ आधारभूत विद्यालयामा कक्षा चार देखि कक्षा आठमा अध्ययनरत  ८३ जना विद्यार्थीहरुलाई सो तालिम दिइएको क्लबका अध्यक्ष लियो उकेस कुसिले जानकारी दिए ।

साथै आउदा दिनहरुमा धरानका विभिन्न निजि तथा सरकारी विद्यालयहरुमा पनि हात धुने र दाँत माँझ्ने तालिम संचालन गर्ने कुरा सो क्लबका उपाध्यक्ष लियो सिलन भन्डारीले बताए ।प्रतिष्ठानमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले प्रतिष्ठानमा यहि बर्ष स्थापना गरेको लियो क्लब अफ धरान घोपा युनाइटेडले आउदा दिनहरुमा समाजप्रति उत्तरदायि हुदै रक्तदान कार्यक्रमहरु, जनचेतना मुलक सडक नाटकहरु, महिला स्वास्थ्य सम्बन्धी तालिमहरु आयोजना, आँखा र मधुमेह जांच शिविर, विद्यालयहरुमा नि:शुल्क प्राथमिक उपचार तालिम र स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रमहरु, अनाथ आश्रम र वृद्धआश्रममा आवश्यक सामग्री प्रदान, दुर्गम ठाउँहरुमा नि:शुल्क स्वास्थ शिविरहरु तथा विविध समाज सेवा, शिक्षा, स्वास्थ र व्यक्तित्व विकाससँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्ने क्लबका सचिव लियो शुभम कुमार अग्रवालले बताए ।