Re Design Roshan Mainali

म्यानचेस्टर सिटीलाई च्याम्पियन लिगमा प्रतिबन्ध लाग्न सक्ने


म्यानचेस्टर सिटीलाई च्याम्पियन लिगमा प्रतिबन्ध लाग्न सक्ने

एजेन्सी – युरोपेली फुटबलका आर्थिक नियामकहरुले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध लगाउन सुझाव दिएका छन् ।प्रिमियर लिग विजेता सिटीले आर्थिक स्वच्छतासम्बन्धी नियम उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाउन सिफारिस गरेको न्युयोर्क टाइम्सको समाचारमा छ । सिटीले आर्थिक ‘फेयर प्ले’ नियम उल्लंघन गरेको भन्दै एक जर्मनी मेगजिनमा समाचार आएपछि युरोपेली फुटबलको सन्चालक संस्था युनियन अफ युरोपियन फुटबल एसोसिएसन ९युईएफए० र प्रिमियर लिगले एक टोली बनाएर अनुसन्धान थालेको थियो । सिटीको आर्थिक मामिला अनुसन्धान गरिरहेको युईएफएको आर्थिक नियामक समितिको अनुसन्धान टोलीका सदस्यहरु दुई साताअघि प्रतिवेदनलाई अन्तिम रुप दिन स्विटजरल्याण्डमा भेला भएको समाचारमा जनाइएको छ । अनुसन्धान टोलीले सिटीले आर्थिक स्वच्छता कायम नराखेको प्रतिवेदन दिनसक्ने जनाइएको छ । त्यसपछिमात्र सिटीमाथि कहिलेदेखि प्रतिबन्ध लाग्ने वा नलाग्ने तय हुनेछ ।