Re Design Roshan Mainali

राष्ट्रपती रनिग शिल्ड उशु छनौट खेल सम्पन्न


राष्ट्रपती रनिग शिल्ड उशु छनौट खेल सम्पन्न

सहदेव कार्की

इटहरी उप–महानगरपालिकाको आयोजनामा नगर भरका विद्यालयका विद्यार्थी, प्रशिक्षण क्वान र वाह्य प्रशिक्षण लिई रहेका उसु खेल प्रेमीलाई समेटेर क्षमता वृद्धी विकास गराउने उदेश्यका  साथ राष्ट्रपति रनिग  शिल्ड उसु खेल प्रतियोगिता सम्पन्न भएको छ । १ नं. प्रदेशको क्षेत्रीय रंगशालामा २०७६ साल बैसाख ३० गते उसु– थाउलो र सान्सो विधाका १ सय ६५ वढी प्रशिक्षार्थीले सहभागिता जनाउदै आफ्नो कला कौशल प्रर्दशन गर्दै प्रतिस्प्रधामा भिडेका थिए भने केही स्वेच्छुक नयाँ र पुराना दक्ष खेलाडीले राष्ट्रपति रनिग  शिल्ड चुम्ने लक्ष्य लिएर नगर स्तरिय प्रतिस्प्रधा  गरेका छन् । इटहरी उपमहानगर उप–प्रमुख लक्ष्मी गौतमको संयोजकत्व रहेको प्रतियोगितामा कार्यक्रम संयोजक रितेश श्रेष्ठका साथ सुनसरी जिल्ला उसु संघ अध्यक्ष तथा केन्द्रिय सदस्य–निर्णयक राजेन्द्र राई, अन्तराष्ट्रिय रेफ्री उपाध्यक्ष प्रमुख निणायक शिव गुरुब, जिल्ला सह– सचिव निणायक दिपक कार्की, कोषाध्यक्ष प्रशिक्षक लक्ष्मण शर्मा, निणायक जोखनलाल चौधरी, युवा सामाजिक संजाल पुर्व अध्यक्ष लोकेन्द्र कोइराला दिपेन राई, कृष्ण कुमार तामाब विजय रसाईली, श्री जनता मा.वि. की शिक्षिका होमा भण्डारी र आमन्त्रित अभिभावक लगायत ३०० भन्दा बढी खेलाडीहरुको सहभागिताको आतिथ्यता माझ प्रतिस्प्रधा  खेलाडीहरुलाई पदक, ट्रफी र प्रमाण–पत्रले सम्मान गरी नगर स्तरीय उसु खेल सम्पन्न भएको छ । साथै समापन कार्यक्रमकी प्रमुख अतिथि गौतमका साथ निर्णायक राजेन्द्र राई, शिव गुरुब, दिपक कार्की लगायत संयुक्तले प्रशिक्षित विजयी खेलाडीहरुलाई क्रमवद्ध पदक, ट्रफी र प्रमाण– पत्र प्रदान गरेका थिए । उक्त उसु प्रतियोगितामा श्री जनता मा.वि., कोशी सेन्ट जेम्स, ज्ञानोदय मा.वि. सुनसरी सेन्ट जेम्स, सेकेण्डरी, नेपाल डिभिएम एकेडेमी, ग्रिन पिस एकेडेमी, कस्तुरी, पाथिभरा बोर्डिब, कचना मा.वि. सरस्वति मा.वि.र प्ररणा सेकेण्डरी स्कूलका विद्यार्थि लयागत वाह्य क्वानमा आवद्ध प्रशिक्षित अब्बल खेलाडिहरु प्रथम, द्धितिय र शान्त्वना स्थान कब्जा जमाई स्वर्ण पदक, ट्रफि र प्रमाण पत्र ले सम्मानीत भएका छन् । भने विजयी खेलाडीहरु आगामी जिल्ला उसु प्रतिस्प्रधा  भाग लिदै क्षेत्रीय हुदै केन्द्रिय प्रतिस्प्रथा अब्बल प्रमाषित हुने गरी राष्टिय खेलाडी बन्नेछन् ।