Re Design Roshan Mainali

समर्थकको साथ आवश्यक छ : मेस्सी


समर्थकको साथ आवश्यक छ : मेस्सी

एजेन्सी ।च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलविरुद्ध बार्सिलोनाका कप्तान लियोनल मेस्सीको टिमले हार व्यहोर्‍यो । जसका कारण उनी यतिबेला राम्रो अवस्थामा छैनन् । मेस्सीले त्यसपछि धेरै समर्थकहरुबाट आलोचना खेप्नु परेको थियो । उक्त आलोचनाबाट निरास भएका मेस्सीले गेटाफे एफसीसँगको खेलपछि समर्थको साथ आवश्यक रहेको बताएका छन्  ।“मैलै च्याम्पियन्स लिगको उपाधि दिलाउन सकिन । त्यसको लागि समर्थक माझ माफि माग्न चाहान्छु । आउने सिजनमा उत्कृष्ट प्रदर्शन गर्नेछौ”, इएसपीएनसँगको कुराकानीमा मेस्सीले भने ।साथै यस्तो अवस्थामा समर्थहरुको साथको खाँचो रहेको पनि बताए । यता बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेष्टो भालभर्डेले पनि लिभरपुलविरुद्धको हारपछि मेस्सी पूर्णरुपमा खेलमा नफर्किएको बताए ।