Re Design Roshan Mainali

एस्पी माझी को बिशेष पहल मा डोटी कारागारमा पुस्तकालय स्थापना


एस्पी माझी को बिशेष पहल मा डोटी कारागारमा पुस्तकालय स्थापना

एस्पी-माझी-को-बिशेष-पहल-मा-डोटी-कारागारमा-पुस्तकालय-स्थापना-


जिल्ला कारागार डोटी भित्र शुक्रबार पुस्तकालयको स्थापना गरि एक समारोहका बिच उद्घाटन गरिएको छ ।कारागार भित्र रहेका कैदी बन्दीहरुलाई बाह्य ज्ञान हासिल गर्न सहयोग भई सकारात्मक सोचाईको बिकास होस भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय डोटीको पहलमा पुस्तकालय स्थापना गरिएको प्रहरी उपरिक्षक बिद्यानन्द माझीले बताए ।जिल्ला प्रहरी कार्यालयको पहलमा स्थापना भएको पुस्तकालय स्थापनाका लागि पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले र्याक र जिल्ला प्रशासन कार्यालय बाट दराज उपलव्ध गराइएको सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सिद्धराज जोशीले बताए । उनले प्रहरी कार्यालय, जिनियस निरौला र सञ्चारकर्मीहरुबाट पुस्तकहरु प्राप्त भएको बताए पुस्तकहरु सहयोग गर्न चाहानेहरुले सम्पर्क गर्न समेत सामुदायीक प्रहरी सेवा केन्द्रले आग्रह गरेका  छन । जिल्ला कारागारका कैदीहरुलाई डोटीका स्थानीय तहका जनप्रतिनीधहरुले चिसोको समयमा लगाउने लुगाकपपडा, क्यारीमबोर्ड, कुर्छि, पंखा लगाएतका सामाग्रीहरु सहयोग गर्दै आईरहेका छन् । 


भखरै प्रकासित