Re Design Roshan Mainali

ईटहरीबाट पकेटमार पक्राउ


ईटहरीबाट पकेटमार पक्राउ

ईटहरीबाट-पकेटमार-पक्राउ


सुनसरीको ईटहरी उप-महानगरपालिका-२० तरहराबाट प्रहरीले आज १ जना पकेटमारलाई पक्राउ गरेको छ । पाकेट मारेको आरोपमा ईटहरी-१९बस्ने बर्ष २३ को सुमन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । राईले बिहान ८ बजेको समयमा ईटहरीबाट धरानतर्फ जाँदै गरेको बसमा सवार रहेका ईटहरी-५ बस्ने बर्ष ५९ को हजारमान तामाङको पाईन्टको गोजी काटेर नगद ३० हजार पकेट मारी अटोमा भाग्दैगरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका राईको साथबाट प्रहरीले पाकेट मारेको नगद २८ हजार बरामद गरेको छ । बरामद नगद सहितराईलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेक उक्त कार्यालयले जनाएको छ ।

भखरै प्रकासित