Re Design Roshan Mainali

पुनर्विवाह गर्दै दाहाल दम्पती


पुनर्विवाह गर्दै दाहाल दम्पती

पुनर्विवाह-गर्दै-दाहाल-दम्पती


पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी सिता दाहाल बिच पुनर्विवाह हुने भएको छ । आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ ।  प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनर्विवाह हुन लागेको हो । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको छ । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।  प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।


भखरै प्रकासित