Re Design Roshan Mainali

ऐतिहासिक सामाग्री रहेको व्यासीकोट दरबार अहिले अलपत्र अवस्थामा ;


 ऐतिहासिक सामाग्री रहेको व्यासीकोट दरबार अहिले अलपत्र अवस्थामा ;

-ऐतिहासिक-सामाग्री-रहेको-व्यासीकोट-दरबार-अहिले-अलपत्र-अवस्थामा-;


व्यासीकोट दरबार तत्कालिन बझाङ राज्य (शिलालेख, प्राचिन मुर्ति लगायतका विभिन्न पुरातात्विक र ऐतिहासिक सामाग्री भएको  ) स्थानको  रुपमा परिचित छ तर अहिले संरक्षणको अभावमा यो दरबार जिर्ण बन्दै गएको छ । करिव पाँच सय  ७३ वर्ष  भन्दा पहिले (विसं १५०२ तिर) तत्कालीन बझाङ्गी राजा शक्ति सिंहले उक्त दरबार निर्माण गर्न लगाएको विभिन्न शिलालेखहरुमा उल्लेख छ । साविक व्यासी गाविसको चौधानपाटा नजिकैको कोट डाँडामा रहेको यो  दरबार बझाङ जिल्लाको नामाकरण सँग पनि जोडिएको छ । यो दरबार रहेको डाँडामा पटक पटक बज्रपात हुने भएकोले यस ठाउँलाई बज्राङ्ग भनिएको र कालान्तरमा यही शब्द अपभ्रंस भएर यस जिल्लाको नाम बझाङ हुन गएको विभिन्न इतिहासकारहरुले दावी गरेका छन् । 

यो डाँडाको मुनि सुन, अभ्रख, सितोपल, तामा र चुम्बकिय शक्ती भएका खनिजहरु रहेकाले चट्याङ्ग पर्ने गरेको सेती अञ्चलको इतिहासबारे पुर्णप्रकास नेपाल ‘यात्री’ ले लेखेको पुस्तक सेती अञ्चल दिग्दर्शनमा उल्लेख छ । बझाङ मै निर्मित ईटाद्धारा बनाईएको यो दरबार सुरुमा २५ कोठाको रहेको र १९९० सालको भुकम्पले क्षति गरे पछि तत्कालिन राजा देवीजंङ सिंहले पुर्न निर्माण गरि १० कोठाको बनाएको स्थानिय बुढापाकाहरुको भनाई छ ।  २०२३ सालमा आएको भुकम्पले हल्लाए पछि १० कोठे उक्त दरबारका केही भिक्ताहरु चर्किएका थिए । २०५७ सालमा तत्कालिन विद्रोही माओवादी दरबारमा आगजनी गरेर त्यहा“ भएका केही धातुका मुर्तिहरु समेत लुटेर लगेको दरबारको नियमित रेखदेख गरिरहेका स्थानिय स्वयंसेवी इन्द्र बहादुर सिंहले बताए । 

भुकम्पमा परी भत्किएको सो दरबार संरक्षणको लागी २०५६ साल तिर  स्वर्गिय राजा विरेन्द्रकी बहिनी तथा बझाङी राजा दिपकजंङ की धर्मपत्नि  शान्ति सिंहले व्यक्तिगत रुपमा ६ लाख खर्च गरेर जिर्णाेद्धार गर्न लगाएकी थिइन ।  त्यसवेला दरबारको छानामा रहेका स्लेटहरु हटाएर जस्तापाता हालिएको थियो । ‘अहिले त झ्याल ढोकाहरु पनि भत्किसकेका छन् । घेरवार पनि भत्किएका कारण छाडा पशु चौपाया  चर्ने ठाउँ भएको छ’ उनले भने ‘बाहिर रहेका शिलालेखमा समेत लेउ लागेर पुरिने अवस्थामा पुगेका छन् । यसको संरक्षण प्रति कसैको ध्यान गएको छैन । ’ औशीं पुर्णिमाको बेला कोही कोही पूजा गर्ने मानिसहरु यहाँ आए पनि अरुवेला कसैले वास्ता नगर्ने गरेको उनले बताए ।  यस दरबारको चारै तिर भगवती, ब्रजेश्वर, महादेव, मष्टा, कालाढुङ्गो लगायतका विभिन्न देवी देवताहरुको मन्दिरहरु रहेका छन् ।  कोट दरबारमा प्रत्येक वर्ष चैतेदशै, गौरापर्व र बडा  दशैमा पूजाआजा गर्ने प्रचलन रहेको छ । 

अग्लो ठाउँमा रहेको यो दरबार पाथिभेरे हिमाल, सुर्मालेक, नाम्पा हिमाल लगायतका हिमश्रृङखलाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । हालको छविसपाथिभेरा, दुर्गाथली , थलारा, सुर्मा लगायतका गा“उपालिका र जयपृथ्वी नगरपालिकाको दृष्य समेत देखिने डाँडामा रहेको यो दरबारको जिर्णाेद्धार गरि संरक्षण गर्न सके पर्यटनको केन्द्रको रुपमा पनि विकास गर्न सकिने स्थानियहरु बताउँछन् । छविसपाथिभेरा गाउँपालिकाले पनि दरबारको संरक्षणको लागि पहल गरेको गाउँपालिका अध्यक्ष अक्कल धामीको दावी छ । उनले दरबार जाने बाटो नजिक सडक विस्तार गरिएको बताउदै गुरुयोजना नै बनाएर दरबारको संरक्षण, जिर्णाेद्धार र पर्यटकिय स्थलको रुपमा विकास गर्ने गरि काम थालिएको बताए ।  

भखरै प्रकासित