Re Design Roshan Mainali

नेकपाद्वारा प्रदेश नम्बर एकको नाम ‘कोशी’ सिफारिस गर्ने तयारी, राजधानी विराटनगर हुने


नेकपाद्वारा प्रदेश नम्बर एकको नाम ‘कोशी’ सिफारिस गर्ने तयारी, राजधानी विराटनगर हुने

विराटनगर, ५ बैशाख ।

प्रदेश नं. १ मा नेकपाको दुई तिहाई बहुमतको सरकार रहेको छ । प्रदेशको नाम के राख्ने भनेर सरकारले ठोस कदम चाल्न सकेको छैन् । पहिचानको आधारमा नाम हुनु पर्ने माग गर्दै किरात राई यायोख्खा, संघीय लिम्बुवान परिषदलगायतका जातीय संस्था र समुहहरुले किरात, लिम्बुवान, खम्बुवानलगायतका नाम राख्न माग गर्दै आन्दोलन जारी राखेका छन् ।यता पहिचानको आधारमा नाम राख्न माग गरिरहेको बेला सरकारको नेतृत्व गरिरहेको नेकपाले भने प्रदेशको नामा ‘कोशी’ राख्न सहमति जुटाएको श्रोतले बताएको छ । नेकपाका प्रदेश इञ्चार्ज भीम आचार्य, मुख्यमन्त्री शेरधन राई, प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रदेश सचिव सावित्री काफ्लेलगायतसहित प्रदेश कमिटि ‘कोशी’ प्रदेशका लागि एक मत भएको प्रदेशका एक नेताले बताएका छन् ‘नाम लगभग पार्टीको तर्फबाट ‘कोशी’ सिफारिस गरेको छ । राजधानी विराटनगर राखी केही मन्त्रालय सुनसरी मोरङ र धनकुटामा राख्ने गरि छलफल भएको छ ।’ ती नेताले भने–संसद सचिवालय इटहरी बन्ने छ ।’ कोशी वा सगरमाथामा मात्र सहमति जुटाउने सकिने नेकपाले यस अघिदेखि नै भन्दैं आएको थियो । तर कोशीसँग किरात, लिम्बुवान या कुनै फुर्को भने नजोडिने गरि नाम राख्न सकिने सम्मको छलफल भएको एक नेताले बताएका छन् ।मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम बैशाख भित्रै टुङ्गाउने भनेर सार्वजनिक कार्यक्रममा बोल्दैं आएका छन् । यद्यपी सत्तारुढ दलले संसदीय दलमा भने छलफलमा ल्याएको छैन् । विकास समितिहरुको संयोजक तोकिए पछि नाम र राजधानीबारे संसदमा नै छलफल गर्ने तयारी पनि भइरहेको बताइएको छ ।