Re Design Roshan Mainali

मोरंगको जेफालेमा, पर्यटन भ्रमण मेला


 मोरंगको जेफालेमा, पर्यटन भ्रमण मेला

-मोरंगको-जेफालेमा,-पर्यटन-भ्रमण-मेला-


एञ्जिता थापा   

पूर्वी नेपालका पर्यटकीय स्थानमध्ये मोरङको जेफाले नयाँ र मनोरम गन्तव्य हो । यस मोरंगको केराबारी गाउपालिकामा जेफाले पर्यटन मेला सुरु भएको छ । केराबारी गाउपालिका २ मा रहेको  पर्यटकीय क्षेत्र  जेफालेमा सुरु भएको पर्यटन मेलामा - मेला बजार, भलिवल प्रतियोगिता साथै  साहितिक  बाचन लगायतका कार्यक्रम रहेका छन । मोरंग क्षेत्र नं १ का संसद घनश्याम खतिवडाले पर्यटन मेलाको उद्घाटन गरेका हुन् उक्त कार्यक्रममा बोल्दै  खतिवडाले आन्तरिक पर्यटकहरुको लागि  जेफाले नया गन्तब्य बन्दैगरेको र यसले  देशको विकाशका लागि सक्दो सहयोग गर्ने बताएका हुन् ।

कार्यक्रममा केराबारी गाउपालिकाका अध्क्षय रोहित बहादुर कार्की,  माननीय शान्ति लिम्बु साथै लेटाङ्गकी उपमेहर कृष्ण कुमारी निरौलाको उपस्थिति रहेको थियो । मेलामा संचालित भलिवल प्रतियोगितामा  १२ ओटा टिमको  सहभागिता  रहेको थियो । यसैगरी साहित्य बाचन कार्यक्रममा आधा दर्जन भन्दा बढी कबि तथा गजलकारहरुले  आफ्नो सिर्जना बाचन गरेका थिए । पर्यटनलाई  साहित्य संग जोडेर पर्यटकीय स्थानको  विकाशमा विषेस टेवा पुर्याउने अभिप्रायका साथ यो कार्यक्रमको आयोजना गरिएको केराबारी २ नं वडका  वडा अध्क्षय प्रेम बहादुर लिम्बुले जानकारी दिएकाछन् ।

भखरै प्रकासित