Re Design Roshan Mainali

पर्यटन गन्तव्य स्थलको लागि ; बेतना सिमसार (फोटो फ़ेचर सहित)


पर्यटन गन्तव्य स्थलको लागि ; बेतना सिमसार (फोटो फ़ेचर सहित)

पर्यटन-गन्तव्य-स्थलको-लागि-;-बेतना-सिमसार-(फोटो-फ़ेचर-सहित)-


एञ्जिता थापा 

हिजो आज बेतना सिमसारमा पर्यटकहरुको संख्या झनै बाक्लिदै  गएको छ । पर्यटन वर्ष २०२० लाइ लक्षित गरि  विभिन्न योजना तथा उदेश्यहरुको साथ यो क्षेत्रमा थप केहि सुधार ल्याएको कारण  यो क्षेत्र  पर्यटकहरुको लागि झनै आकर्षण बन्दै गएको हो ।बेतना सिमसार प्रकृतिले भरीको सुन्दर ठाउँ त यो आफैमा छदै छ, तर यहाको प्राकृर्तिक साधनको सहि सदुपयोग गर्नाले यो ठाउँ सुनमा सुगन्ध भने जस्तै भएको छ । तपाईं यस क्षेत्रमा  दुर्लभ हुदै गएका केहि जनावरहरुलाई  प्रत्यक्ष आफ्नो अगाडी देख्न  सक्नुहुन्छ  साथै  यहा सबैभन्दा ठूलो पोखरीमा डुङ्गा गर्न सक्नुहुन्छ र जंगलमा हिड्न,  पिकनिक कार्यक्रम को लागि होस्  वा परिवारसंगको घुमघाम,डेटिङ् को लागिहोस्  यो ठाउँ सबै कुराको लागि उपयुक्त छ । यो पार्कको चर्चा  अन्तर्राष्ट्रिय स्तरसम्म  छ। तपाईंले यसक्षेत्र भित्र प्रवेस गर्न  टिकट  किन्नु पर्छ। शुल्क केवल प्रति व्यक्ति ३० रुपैयाँ मात्र छ ।

अझ पर्यटन आगमन बढाउन बेतना सिमसारले विभिन्न संघ तथा  स्थानीय तह र सम्बद्ध सरकारी निकायसंगको सहकार्यमा भ्रमण वर्ष २०२० मनाउन सुरु गरेको छ । प्राकृतिक ,ऐतिहासिक ,सास्कृतिक र पौराणिक  महत्वका सम्पदाको पहिचान , संरक्षण, र प्रचार प्रसार  गरेर उक्त क्षेत्र बेतना सिमसारलाई  स्वदेशी  तथा बिदेशी पर्यटक आगमन बढाउने उदेश्यले यो भ्रमण वर्षको शुभारम्भ  गरिएको हो   

 

भखरै प्रकासित