Re Design Roshan Mainali

रियल मड्रिडका पूर्वप्रशिक्षक भन्छन्– ‘मेस्सीसँग रोनाल्डोको तुलना हुनै सक्दैन’


रियल मड्रिडका पूर्वप्रशिक्षक भन्छन्– ‘मेस्सीसँग रोनाल्डोको तुलना हुनै सक्दैन’

रियल-मड्रिडका-पूर्वप्रशिक्षक-भन्छन्–-‘मेस्सीसँग-रोनाल्डोको-तुलना-हुनै-सक्दैन’


एजेन्सी, फागुन १७

स्पेनिस रियल मड्रिडका पूर्वप्रशिक्षक भिसेन्ट डेल बोस्केले सुपरस्टार लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्नेमा आफ्नो मत सार्वजनिक गरेका छन् । विगतमा रियल मड्रिडको प्रशिक्षकसमेत रहेका स्पेनिस प्रशिक्षकले हालसालै ‘मुन्डो डेपोर्टिभो’सँग कुरा गर्दै यस्तो धारणा राखेका हुन् ।

उनले विगत लामो समयदेखि रोनाल्डो र मेस्सीको तुलना हुँदै आएको भन्दै अब त्यो तुलना सकिएको बताएका छन् । ‘मेरो विचारमा मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्नेमा अब विवाद नगरौं । किनभने, यो प्रष्ट भइसक्यो ।’

भिसेन्टले आफ्नो नजरमा पोर्चुगलका रोनालडोभन्दा अर्जेन्टिनाका मेस्सी उत्कृष्ट खेलाडी रहेका बताए । सन् १९९९ देखि २००३ को बीचमा रियलको प्रशिक्षक छँदा ४०० खेल खेलाएका भिसेन्टले लामो समयदेखि मेस्सी र रोनाल्डोबीच रहँदै आएको उत्कृष्टताको विवादको अब कुनै तुक नरहेको बताए

अवकासप्राप्त कोच भिसेन्टले हालसालै अन्तर्वार्तामा मेस्सीको खुलेर तारिफ गर्दै मेस्सी रोनाल्डोभन्दा धेरै माथिल्लो स्तरको खेलाडी रहेको बताए । ‘मेस्सी सधैंका उत्कृष्ट खेलाडी हुन्, उनीजस्ता कोही छैनन्,’ भिसेन्टले भने ।

उनले अघि थपे, ‘त्यहाँ थुप्रै खेलाडी छन्, जो गलत छैनन् । र, उनीहरूले मेस्सीलाई उत्कृष्ट मान्छन्,’ भिसेन्टले भने, ‘अवश्य पनि, मेस्सी साँच्चै ठूला खेलाडी हुन् ।’

भिसेन्टले यदि कसैले आफूलाई मेस्सी र रोनाल्डोमा एक रोज्न भने आफूले केही नसोची मेस्सी रोज्ने बताए । ‘म मेस्सीसँग जान्छु, यसमा सोच्नुपर्ने केही छैन । मैले मेस्सीको करिअरदेखि नै एक प्राकृतिक गोलकर्ता खेलाडी देख्दै आएको छु । मैले जति खेलें र प्रशिक्षण गरें, उनीजस्तो कोही भेट्टाएको छैन ।’

भिसेन्टले रोनाल्डो पनि उत्कृष्ट खेलाडी भएको तर उनी मेस्सीको स्तरमा पुग्न नसक्ने बताए । ‘तैपनि, क्रिस्टियानो पनि जादुयी खेलाडी हुन् । उनी शारीरिक र प्राविधिक रूपमा मेस्सीभन्दा निकै उत्कृष्ट हुन् । तर, समग्रमा उनी मेस्सीजत्तिको होइनन्,’ भिसेन्टले थपे ।


भखरै प्रकासित