Re Design Roshan Mainali

‘इएल क्लासिको’अघि मेस्सीलाई इनिएस्टाको यस्तो सन्देश !


‘इएल क्लासिको’अघि मेस्सीलाई इनिएस्टाको यस्तो सन्देश !

‘इएल-क्लासिको’अघि-मेस्सीलाई-इनिएस्टाको-यस्तो-सन्देश-!


एजेन्सी, फागुन १५
स्पेनिस कोपा डेल रे फुटबलमा सेमिफाइनअन्तर्गत आज राति दोस्रो लेगको खेलमा रियल मड्रिड र बार्सिलोना भिड्दैछन् । खेल रियलको घरमा हुनेछ । यसअघि बार्सिलोनाको घरमा भएको पहिलो लेगको खेल १–१ मा टुंगिएको थियो ।

सो खेलअघि बार्सिलोनाका पूर्वकप्तान तथा लिजेन्ड आन्द्रेस इतिएस्टाले आफ्ना पूर्वसहकर्मी मेस्सी र आज राति हुने खेलबारे बोलेका छन् ।

एक मिडियासँग कुरा गर्दै स्पेनिस खेलाडी इनिएस्टाले इएल क्लासिको सधैं सर्वाधिक महत्त्वपूर्ण खेल हुने बताउँदै सो खेल बार्सिलोनाले सधैं जित्न चाहने बताए । ‘यो एक फुटबल मात्रै नभएर प्रतिष्ठाको खेल पनि हो, जुन बार्सिलोना सधैं जित्न चाहन्छ,’ इनिएस्टाले भने, ‘यसपटक पनि बार्सिलोनाले रियललाई हराउनेमा म ढुक्क छु ।’

इनिएस्टाले आज रातिको खेलमा मेस्सीले सधैंकै जस्तो आफ्नो काम गर्नेमा विश्वास व्यक्त गरेका छन् । ‘म अहिले पनि मेस्सीको खेलबाट भरपुर मजा लिइरहेको छु । मलाई विश्वास छ, आज पनि उनले केही फरक अवश्य गर्नेछन् ।’

इनिएस्टाले बार्सिलोना रियललाई हराएर कोपाको फाइनल पुग्ने बताए । ‘इएल क्लासिकोको अवे मैदानमा बार्सिलोनाले रेकर्ड राम्रो छ, यो खेलमा पनि यस्तै हुने अपेक्षा छ,’ उनले थपे ।

खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेबाट सुरु हुनेछ ।

भखरै प्रकासित