Re Design Roshan Mainali

कोपा डेल रे : सेमिफाइनलको ड्र आज हुँदै, कसको भिडन्त कोसँग पर्ला ?


कोपा डेल रे : सेमिफाइनलको ड्र आज हुँदै, कसको भिडन्त कोसँग पर्ला ?

इटहरी , माघ १८

स्पेनको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे फुटबलमा आज सेमिफाइनलको ड्र हुँदैछ । अन्तिम आठका खेल सकिएपछि आज सेमिफाइनको ड्र हुन लागेको हो ।

गत राति रियल मड्रिड र जिरोनाको खेल सकिएपछि अन्तिम आठको समीकरण पूरा भयो । त्यसपछि आज आयोजकले अर्को चरणको ड्र गर्न लागेको  हो।

आयोजक रोयल स्पेनिस फुटबल फेडेरेसनले आज स्पेनमा अन्तिम चारको ड्र गर्दैछ । ड्र नेपाली समयअनुसार साँझ ६ ।१५ बजे हुनेछ ।

अन्तिम चारमा बार्सिलोना, रियल मड्रिड, रियल बेटिस र भ्यालेन्सिया पुगेका छन् । अन्तिम आठमा भ्यालेन्सियाले गेटाफेलाई समग्रमा ३–२ ले हराउँदा बेटिसले इस्पान्योललाई ४–२ ले हराएको थियो ।

त्यसैगरी, बार्सिलोनाले सेभिल्लालाई ६–३ ले हराएर अन्तिम चारमा स्थान बनाउँदा रियल मड्रिडले जिरोनालाई ७–३ ले हरायो । अन्तिम आठमा सबैभन्दा फराकिलो नतिजा रियल मड्रिडले निकाल्यो ।

को–को भिड्लान् ?

अन्तिम चारमा साबिक विजेता बार्सिलोनाले भ्यालेन्सिया प्रतिस्पर्धी पाउने सम्भावना छ । त्यसैगरी, रियल मड्रिडले रियल बेटिस प्रतिस्पर्धी पाउन सक्छ ।

बार्सिलोना साबिक विजेता हो । उसले पछिल्ला चार सिजन लगातार कोपाको उपाधि जितेको छ । यसपटक बार्सिलोना र रियल मड्रिडलाई उपाधि दाबेदार मानिएको छ ।(फूटबल खबर बाट  साभार )