Re Design Roshan Mainali

विषादी प्रकरणमा आफूलाई समेत झुक्याइयो : प्रधानमन्त्री


 विषादी प्रकरणमा आफूलाई समेत झुक्याइयो : प्रधानमन्त्री

विषादी प्रकरणमा आफूलाई समेत झुक्याइयो : प्रधानमन्त्री


 प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई समेत झुक्याइएको बताएका छन् । प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूताबासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएका कारण आफूले नेपाली जनताको सामू लज्जित हुनुपरेको उल्लेख गर्दै माफीसमेत मागेको बताए ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएकै कारण नेपाली जनताको सामू पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिनु परेको पनि स्पष्ट पारे ।

“भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलेँ,” प्रधानमन्त्री ओलीको भनाइ थियो, “विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु तर मलाइ थाहा नदिइएकाले लज्जित हुनु पर्यो, त्यसप्रति क्षमाप्रार्थी छु ।” प्रधानमन्त्री ओलीले नेपाली जनताको भान्सामा विषादी हुन दिनुहुन्न भन्ने प्रधानमन्त्री आफूमात्रै भएको दाबी गर्दै आफूविरुद्ध चलाएको कुनै पनि मिसन पूरा हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

भखरै प्रकासित