Re Design Roshan Mainali

हिरासत कक्षको ग्रिल काटी फरार अभियुक्त पक्राउ


हिरासत कक्षको ग्रिल काटी फरार अभियुक्त पक्राउ

हिरासत कक्षको ग्रिल काटी फरार अभियुक्त पक्राउ


हिरासत कक्षको ग्रिल काटी फरार अभियुक्तहरु  रामेछाप, रामेछाप नगरपालिका-५ बस्ने २५ वर्षीय बिकाश उर्फ रुपेश भन्ने रुद्रलाल श्रेष्ठ र सोही ठाउँ बस्ने २५ वर्षीय शम्शेर माझीलाई काठमाडौं बौद्ध जम्बुडाँडाबाट बुधबार साँझ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बुङमती, भैसेपाटी ललितपुरको हिरासत कक्षको शौचालयको झ्यालमा रहेको फलामको ग्रिल काटी सोमबार रातिको समयमा श्रेष्ठ र माझी फरार भए पश्चात् प्रहरीले खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
ललितपुर गोदावरी नगरपालिका-९ छम्पीस्थित केशब थापाको घरबाट गत वैशाख १५ गते साँझको समयमा बिभिन्न धनमाल चोरी कार्यमा संलग्न रहेको र ललितपुर महानगरपालिका-१९ लगनखेलस्थित बसपार्कको स्पिड सर्भिस प्रालिबाट चाबी फोडी वैशाख २८ गते राती कार्यालयमा रहेको बिभिन्न धनमाल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा श्रेष्ठ र माझीलाई पक्राउ गरी चोरी, डाँका तथा लागूऔषध मुद्धामा आवश्यक अनुसन्धानको क्रममा उनीहरु हिरासतमा थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भखरै प्रकासित