Re Design Roshan Mainali

सरकार विरोधीहरु मास्क लगाउन थालेः प्रधानमन्त्री


सरकार विरोधीहरु मास्क लगाउन थालेः प्रधानमन्त्री

सरकार विरोधीहरु मास्क लगाउन थालेः प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरोध गर्न केही व्यक्तिहरु मास्क लगाएर हिँड्न थालेको बताएका छन् ।

उनले काठमाडौँमा धुँवा धुलोको समस्या कम हुँदै गएको प्रसंगमा आफूले मास्क नलगाए पनि हुने अवस्था बनेको भन्दै दिएको अभिव्यक्तिको बचाउ गरे ।

समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘अहिले मास्क नलगाएर पनि हिँड्न सकिन्छ । यसलाई सुधार गर्दैछौँ भनेको थिएँ । तर त्यसपछि सरकारको विरोध गर्न केहीले मास्क लगाउन थालेका छन् ।’

‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । तर, यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन’, ओलीले भने ।


भखरै प्रकासित