Re Design Roshan Mainali

एक्लोपनका कारणले मानिसमा समस्या


एक्लोपनका कारणले  मानिसमा  समस्या

एक्लोपनका-कारणले--मानिसमा--समस्या


मानिस एक सामाजिक प्राणी हो र उसलाई बाँच्न सामाजिक वातावरणको आवश्यकता पर्छ । अहिले संसारका लाखौँ मानिस एक्लोपनको सिकार भएका छन् । जसका कारण उनीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ ।

एक्लोपनका कारणले  मानिसमा  समस्या :

१. पेनिक अट्याक
एक्लो बस्दा मानिसमा डिप्रेसनको खतरा मात्रै हुँदैन, पेनिक अट्याक पनि गराउँछ । पेनिक अट्याक भयो भने मानिसले धेरै महिनासम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । डर लाग्ने, मुटु कमजोर हुने, मर्छुजस्तो डर लाग्ने पेनिक अट्याकका लक्षण हुन् । यो समस्या भएकाहरू भिडभाडमा जान सक्दैनन् । हरर मुभी हेर्न सक्दैनन् । धेरै आवाज आउने ठाउँले असर गर्न सक्छ ।

२. तनाव हुन्छ
जो मानिस एक्लै जीवन व्यतित गर्न खोज्छ, उसमा तनाव बढ्छ । ब्लडप्रेसर उच्च हुन्छ भने सुगर भएकाहरूको सुगर बढ्छ । यति मात्रै हैन, वेलावेलामा चिडचिड हुने, रिस उठ्दै जाने लक्षण पनि एक्लोपनका कारण हुन् ।

३. मुटुजन्य समस्या
एक्लोपनका कारण मानिसमा मुटुसम्बन्धी समस्या देखिन थाल्छ । एक्लोपनले मुटुका धमनीलाई कठोर बनाउँछ । यसले गर्दा उच्च रक्तचाप, हृदयाघातलगायत समस्या देखिन थाल्छ ।

४. डिप्रेसन
एक्लोपनका कारण डिप्रेसनको समस्या बढ्नुका साथै आत्महत्याको बाटो रोज्ने गरेको अध्ययनले बताएको छ । एक्लै हुँदा बिस्तारै यसले मानसिक समस्या बढाउने गर्छ । हामी सामाजिक सम्बन्धबाट टाढिन पुग्छौँ, मानसिक र शारीरिक रोगबाट पीडित बन्छौँ ।

५. निद्रामा गडबडी
एक्लोपनका कारण मानिसको निद्रा खलबलिन सक्छ । मानिस एक्लै बस्न थाल्यो भने निद्रा कम पर्ने हुन्छ । निद्रामा भएको गडबडीका कारण मानिसमा विभिन्न समस्या देखिन थाल्छ ।

६. कसरी छुटकारा पाउने ?
एक्लो बस्नु स्वास्थ्यका लागि बेफाइदा छ । किन र के कारणले एक्लोपन बढिरहेको छ, त्यसको पहिचान गर्नुहोस् ।
एक्लोपनकै कारण तपाईंमा विभिन्न मानसिक एवं शारीरिक समस्या निम्तिएका हुन सक्छन् । एकपटक मनन गर्नुहोस् ।
साथीभाइसँग भेटघाट गर्ने, विभिन्न रमाइला ठाउँ घुम्न निस्कने गर्नुहोस् । यसले एक्लोपनको महसुस कम हुँदै जान सक्छ ।
जतिसक्दो साथीभाइ र परिवारसँग सम्बन्ध बढाउनुहोस् । सम्बन्ध बढ्दै गयो भने एक्लोपनबाट छुटकारा पाउन सहज हुन्छ ।

भखरै प्रकासित