Re Design Roshan Mainali

गुडिरहेको बसबाट हाम फाल्दा युवतीको मृत्यु


गुडिरहेको बसबाट हाम फाल्दा युवतीको मृत्यु

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु


 चितवनमा गुडिरहेको बसको ढोकाबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ। आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नम्बरको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन्।  उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भखरै प्रकासित