Re Design Roshan Mainali

उदयपुर गोल्डकप फुटबलमा आज पुलिस र मोरङ भिड्ने


उदयपुर गोल्डकप फुटबलमा आज पुलिस र मोरङ भिड्ने

विजेताको प्रतिद्धन्दी एपीएफ


असार २, उदयपुर । 

उदयपुरमा जारी छैटौ रमपम उदयपुर गोल्डकप फुटबलको तेस्रो क्वार्टरफाइनलमा आज बिभागीय नेपाल पुलिसले मोरङ फुटबल ट्रेनिङ सेन्टरसंग प्रतिस्पर्धा गर्दैछ । उदयपुर सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा अपरान्ह ५ बजे दुई टोलीबिचको क्वार्टरफाइनल भिडन्त सुरु हुनेछ । आजको विजेताले सेमिफाइनलमा विभागीय टोली नेपाल एपीएफलाई प्रतिद्धन्दी पाउने छ । एपीएफले उद्घाटन खेलमा न्यु स्टार क्लब सुनसरीलाई हराउदै सेमिफाइनलमा स्थान बनाई सकेको छ । यसअघि हिजो भएको खेलमा झापा–११ लाई हराउदै आयोजक उदयपुर–११ ले गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । उदयपुर गोल्डकपको उपाधि बिजेताले ५ तथा उपबिजेता टोलीले ३ लाख रुपैया हात पार्नेछ ।

भखरै प्रकासित