Re Design Roshan Mainali

‘सर्वाधिक मूल्यवान् प्लेइङ–११ मा सुपरस्टारहरू परेनन्, को–को परे ?


‘सर्वाधिक मूल्यवान् प्लेइङ–११ मा सुपरस्टारहरू परेनन्, को–को परे ?

‘सर्वाधिक मूल्यवान् प्लेइङ–११ मा सुपरस्टारहरू परेनन्, को–को परे ?


एजेन्सी ।

एक सर्वेक्षण संस्थाले सिजन २०१८÷१९ को सर्वाधिक मूल्यवान् प्लेइङ–११ सूची सार्वजनिक गरेको छ । ‘द सिआईईस फुटबल अब्जरभेटरी’ले खेलाडीहरूको मार्केट भ्यालुको आधारमा सबैभन्दा मूल्यवान् खेलाडीको प्लेइङ–११ सार्वजनिक गरेको हो ।


उसले यस्तो प्लेइङ–११ सार्वजनिक गर्दा खेलाडीको सरुवा बजारको सम्भावित मूल्यलाई मुख्य आधार बनाएको छ । सार्वजनिक सूचीमा अधिकांश खेलाडी इंग्लिस प्रिमियर लिगबाट परेका छन् । सूचीमा फ्रेन्च लिग वान र ला लिगाबाट एक–एक खेलाडी परेका छन् ।सार्वजनिक सूचीमा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी, इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो, फ्रेन्च क्बल पिएसजीका नेइमारलगायत सुपरस्टार खेलाडी पर्न असफल भएका छन् ।

यस्तो छ सूची :

गोलकिपर – एलिसन बेकर (लिभरपुल)

डिफेन्डर – भर्जिल भान डाइक (लिभरपुल), ट्रन्ट आर्नोल्ड अलेक्सान्ड्रो (लिभरपुल), एमरिक लोपेर्टो (म्यानचेस्टर सिटी, आन्डे«उ रोवेर्टसन (लिभरपुल)

मिडफिल्ड – बर्नान्डो सिल्भा (म्यानचेस्टर सिटी), फिलिपे कोउटिन्हो (बार्सिलोना), पाउल पोग्बा (म्यानचेस्टर युनाइटेड)

फरवार्ड – केलियन एमबाप्पे (पिएसजी), रहमि स्टर्लिङ (म्यानचेस्टर सिटी), मोहमद सालाह (लिभरपुल)

भखरै प्रकासित