Re Design Roshan Mainali

२५ सय वर्षअघिकै चिनियाँ चिहानमा गाँजा !


२५ सय वर्षअघिकै चिनियाँ चिहानमा गाँजा !

चीनको शिन जियांग क्षेत्र वा रुसको अल्टाई पहाडमा पनि गाँजा भेटियाे


 गाँजाको प्रयोग २५ सय वर्षअघि नै चीनमा सुरु भएको एक अनुसन्धानले देखाएको छ । शोधकर्ताहरुका अनुसार चीनका सो समयका चिहानमा गाँजा फेला परेको हो । 
चीनको केही भूभागमा त्यतिबेलाको परम्परा र धार्मिक गतिविधिका लागि गाँजाको प्रयोग गरिने गरेको शोधकर्ताले अनुमान गरेका छन् । विभिन्न पुरिएका डण्डीमा जलेका गाँजाको  पदार्थ पनि भेटिएपछि यो कुराको खुलासा भएको हो । 
गाँजामा साइकोएक्टिभ कम्पाउण्ड टीएचसी धेरै परिमाणमा पाइएको जनाइएको छ । त्यसको बारेमा मानिसहरुलाई पहिला नै थाहा भएको समेत अध्ययनले देखाएको छ । पूर्वी एसियामा गाँजाको बिरुवाको खेती कमसेकम ४ हजार इसापूर्वमा त्यसको तेलीय बीज र फाइबरको लागि सुरु भएको थियो । गाँजाको शुरुवाती फसलमा टीएचसीको मात्रा निम्न स्तरमा पाइएको छ । 
वैज्ञानिकहरुका अनुसार तत्कालीन मानिसहरुको गाँजाको बिरुवामा भएको अफिमलाई अंगेनामा जलाएर त्यसको प्रयोग गरेको पाइएको छ । उचाइ भएको वातावरणमा गाँजाको बिरुवामा टीएचसी बढी हुने अध्ययनले देखाएको छ । किनकी उच्च स्थानमा तापमान र पोषक तत्व कम हुन्छ । यससँगै के अनुमान गरिएको छ भने मानिसहरुले जानीबुझी अन्य जंगली बिरुवाको सट्टा अधिक टीएचसी भएको बिरुवाको खेती शुरु गरेका हुन् ।
यो प्रष्ट भएको छ कि गाँजाको विरुवा त्यतिबेला नशाको लागि नै प्रयोग गर्ने गरिएको थियो । वैज्ञानिकहरुले गाँजाको ज्वलन पदार्थमा मौजुद मिश्रणको जाँच गर्नको लागि क्रोमेटोग्राफी मास स्पेक्ट्रमेट्री नामको एक विधि अपनाइएको छ । त्यो जाँचमा जुन परिणाम आयो, त्यसबाट प्रष्ट भयो कि ज्वलन पदार्थ गाँजाको बिरुवाकै हो । 
चीनको शिन जियांग क्षेत्र वा रुसको अल्टाई पहाडमा पनि गाँजा भेटेको बताइने गरेको छ । जर्मनीको जेनामा रहेको म्याक्स प्लेंक इन्स्टिच्युट फर द साइन्स अफ हुमन हिस्ट्रीका निर्देशक निकोल बोइविनले भने, ‘‘खोजले यो कुरालाई प्रमाणित गरेको छ कि सबैभन्दा पहिला गाँजाको उपयोग पूर्वी मध्य एशियाको पहाडी क्षेत्रमा गरिएको थियो । यसपछि यो विश्वभरी फैलिएको हो ।’’
(बीबीसी)

भखरै प्रकासित