Re Design Roshan Mainali

बस दुर्घटनामा एकको मृत्यु, २० घाइते


बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

अनियन्त्रित भई आज बिहान दुर्घटना


 चितवनको नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नम्बरको यात्रुवाहक बस हेटौंडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौंडा–वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भई अस्पताल लगिएकी उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ । 

मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौंडास्थित चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । (रासस)

भखरै प्रकासित