Re Design Roshan Mainali

साउदी अरबको एयरपोर्टमै मिसाइल हमला


साउदी अरबको एयरपोर्टमै मिसाइल हमला

२६ घाइते, विदेशी पनि परे


         यमनी विद्रोही समूह हाउठीले साउदी अरेबियाको अभा एयरपोर्टमा मिसाइल आक्रमण गर्दा २६ जना घाइते भएका छन् ।अधिकारीहरुका अनुसार विदेशीहरु समेत घाइते भएका छन् । घाइतेमध्ये महिला र बालबालिका समेत छन् । उनीहरुलाई नजिकको अस्पतामा लगिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।तर कस्तो किसिमको मिसाइल आक्रमण भएको भन्ने पुष्टि भइनसकेको अलजजिराले जनाएको छ । तर इरानी उच्च प्रविधिको हतियार भएको कुरा सरकारी विज्ञप्तिमा उल्लेख छ ।

     हाउठी संलग्न मसिराह टेलिभिजनको रिपोर्ट अनुसार ‘क्रुज मिसाइल’ आक्रमण भएको थियो । बिहीबार भएको उक्त घटनाबारे पूर्ण विवरण भने आइनसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।