Re Design Roshan Mainali

बैठक स्थलबाटै विप्लवका डेड दर्जन कार्यकर्ता पक्राउ


बैठक स्थलबाटै विप्लवका डेड दर्जन कार्यकर्ता पक्राउ


       रासस 

     सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा गएराति बैठक बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आमा समूहको भवनमा बैठकमा बसि रहेका उनीहरुलाई घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ पर्नेमा आक्रोश भनिने विवेक भण्डारी, काजी गुरुङ र मिलन राईलगायत छन् ।

      प्रहरी उपरीक्षक कार्कीका अनुसार, विकास पार्टी जिल्ला सेक्रेटरी भएको खुलेको हो । त्यस्तै काजी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष तथा राई जिल्लास्तरीय नेता हुन् ।नियन्त्रणमा लिइएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखेर थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।