Re Design Roshan Mainali

गर्मी मौसममा के के खाने


गर्मी मौसममा के के खाने


 एजेन्सी

स्वास्थ्य विशेषज्ञहरु मौसम अनुसारका सागसब्जी र फलफूल खाएर आफ्नो शरीरलाई ह्रष्टपुष्ट–स्वस्थ्य राख्न सल्लाह दिन्छन् । जुन मौसममा जे फल्छ त्यो मौसममा शरीरका लागि तिनै सागसब्जी र फलफूल खानु सारै उपयुक्त हुने उनीहरुको सुझाव छ । यसरी मौसम अनुसारका सागसब्जी र फलफूल खानाले शरीरमा भएको सुुख्खापन र कमजोरीहरु सजिलै हटाउन सकिने विज्ञहरुको भनाई छ ।

त्यसो हो भने अहिले गर्मी महिना चलिरहेको छ । यस मौसममा कतिपय मानिसहरुलाई के खाने के नखाने भन्ने सही तरिकाले थाहा नहुन सक्छ । मौसम अनुसारको खानेकुराको परिवर्तनले शरीरलाई स्वस्थ राख्न सहयोग पुग्छ भनेर मात्रै त पुग्दैन । के खाने कसरी खाने भन्ने कुरा पनि जानकारी हुन सक्यो भने उपभोक्तालाई सजिलो हुने छ । त्यसैले यसबारे केही जानकारी हुनसकोस् भनेर गर्मी महिनामा के खाने भन्ने केही उपयोगी सुझाव यहाँ प्रस्तुत गरिएको छ–

गोलभेडा

गोलभेडामा एण्टीअक्सिडेण्ट र भिटामीन सि पाइन्छ । यसमा हुने लाईकोपेन जस्ता केमिकलले क्यान्सर जस्ता लामो रोग भएका विरामीहरुलाई लाभदायक हुन्छ ।

तोरीको साग

 यसमा पाईने पेक्टीनको फाइबरले मुटुका बिरामीलाई लाभ पुग्छ । कोलस्ट्रोल कमी भएका बिरामीले तोरीको साग खाने गरेमा फाइदाजनक हुने बताइन्छ ।

खरबुजा


 खरबुजामा हुने भिटामीन सी शरीरको लागि फाइदा जनक हुन्छ । गर्मीको समयमा यसमा भएको रसले शरीरलाई शीतल र ताजा राख्छ । छालाको सुख्खापन यसले हटाउँछ । यसमा लाईकोपेनन केमिकल रहेको हुन्छ ।

सुन्तला


सुन्तलामा पोटाशियम प्रचूर मात्रामा रहेको हुन्छ । यसमा पाइने ८० प्रतिशत पानीको मात्राले शरीरको मांसपेसी दरिलो पार्छ । यसले शरीरमा भएको सुख्खापन हटाउँछ ।

दही 

दहीमा प्रोटिनको मात्रा बढि हुन्छ । फ्याट पनि हुन्छ । यसले पाचन प्रक्रियालाई मजबूत पार्छ ।

अजमेर र सूप

अजमेर र सूपको प्रयोगले शरीरमा भएको बोसो घटाउँछ । यसले किड्नीमा भएको समस्या निराकरण गर्छ । शरीरमा जमेको पसिना निकाल्न र विकार हटाउन अजमेर र सूपको महत्वपूर्ण भूमिका हुन्छ ।

 स्याउ र नसपाती

स्याउ खानु स्वास्थ्य र छालाको लागि राम्रो कुरा हो । तर प्रांगारिक खेतीमा फलेका स्याउ खानु अझ बढि स्वस्थकर हुन्छ । किट्नाशक मल प्रयोग नगरेको नसपाती खानाले पाचन प्रणालीलाई सहज बनाउन मद्दत पुग्छ ।  

ग्रीन टी

ग्रीन टी मुटुका बिरामी र दिमागका बिरामीलाई पोषणको रुपममा काम लाग्छ । क्यान्सर भएका विरामीलाई पनि ग्रीन टी पिउँनु उपयुक्त मानिन्छ । 

कालो र हरियो सागको सलाद

कालो र हरियो सागलाई सलादको रुपमा प्रयोग गर्दा यसबाट प्रशस्त मात्रामा पाचन शक्ति बढाउन सहयोग पुग्छ । नियमित यसको सेवनले शरीरको छालाको रङ्ग रुप फेर्ने र घामको किरणबाट छालालाई जोगाउँछ ।

स्ट्रबेरी र ब्लुबेरी

स्ट्रबेरीमा प्रचूरमात्रामा फेल्भोनाइड पाइन्छ । छालाको नशाहरुमा रक्त संचार गराउन, दाग धब्बा हटाउनु यसको प्रमुख काम हो । छालालाई सूर्यको किरणबाट जोगाउन यी पदार्थले पनि सहयोग पुर्याउँछन् ।