Re Design Roshan Mainali

मेयरद्वारा डोजर चलाउने चेतावनी


मेयरद्वारा डोजर चलाउने चेतावनी

मेयरद्वारा-डोजर-चलाउने-चेतावनी


निकै नै विवादित रहेको इटहरी ९ अवस्थित नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमी (डिभिएम) विद्यालयको संरचना एलानी जग्गामा पर्ने भएपछि इटहरी उप महानगरपालिका का मेयर द्वारिकलाल चौधरीले संरचना माथि डोजर चलाउने चेतावनी दिएका छन्।आइतवार, इटहरी उप।महा।नगरपालिकामा आयोजित  पत्रकार सम्मेलनमा,  दुइ पक्ष बिच भएको वार्ता निश्कर्ष विहिन बन्न पुगेको भन्दै, मेयरले आफ्नो उपस्थितिमा विद्यालयको बनेको  संरचनामा डोजर चलाइ भत्काउने चेतावनी दिएका छन् । विद्यालयको स्वामित्वमा भनिएको दुइ कित्तामध्ये ६ कट्टा ५ धुर मात्र विद्यालयको नम्बरी जग्गा रहेको छ भने बाँकी ३ विघा ३ कट्टा ३ धुर चाँही एलानी जग्गा रहेको  छानबिन समितिले जनाएको छ ।विद्यालयले भोगचलन गर्दै आइरहको उक्त जग्गा निकै नै विवादित बनेपछि,  गत मंसिर २० गते प्रदेश नं। १का मुख्य मंत्री शेरधन राईले प्रस्तावित जनता पार्कको शिलान्यस गरेका थिएनन् ।जनता पार्कको सम्बन्धमा मेयरले निकै आलोचना खेप्नु परेकोले आइतवार आयोजित पत्रकार सम्मेलनलाई उद्घृत गर्दै जनता पार्कको रोकिएको कार्यलाई गति दिने बताएका छन् ।अर्को तर्फ मेयरद्वारा सोमवार विहानै ६ बजे  विद्यालयको संरचनामाथि डोजर चलाउने चेतावनी पाएपछि, दिएका चार वटा विकल्प माथि छलफल गरि निष्कर्ष निकाल्न दुई दिनको समय माग गरेका छन्, विद्यालय संचालक समितिका अध्यक्ष ध्रुव कुमार सुब्बा । विद्यालयको नाममा रहेको विवादित जग्गाको छानबिन गर्नका लागि, इटहरी उपमहानपालिका, वडा नं। ९का वडाध्यक्ष भुपेन्द्र बरालको संयोजकत्वमा बनेको छानबिन समितिले, छानबिन गरि विद्यालयले भोगचलन गर्दै आइरहेको  एलानी जग्गा महानगरपालिकाको नाममा ल्याउनेपर्नै भनि प्रतिवेदन समेत पेश गरिसकेको छ । मेयरदद्वारा दिएका चारवटा विकल्पहरुस विद्यालयले ओगटेको जग्गा लिजमा लिनुपर्ने, सट्टापट्टाका लागि तयार हुनुपर्ने, बनेको संरचनाको मुल्य लिन तयार हुनुपर्ने, होइन भने कानुनी प्रक्रियामा जानुपर्ने । यस सम्बन्धमा, विद्यालय संचालक समिति अध्यक्ष धुव्र सुब्बाले, एलानी जग्गाको भोगचलन देशभरि नै व्याप्त रहेको, र दर्ता गर्ने चलन रहेको भन्दै, आफ्नो विद्यालयले पनि भोगचलन गर्दे आइरहेको जग्गा नगरले  विद्यालयको नाममा दर्ता गरिदिनु पर्ने बताएका छन् । पहिले निकै नै अव्यवस्थित बयर घारी रहेको उक्त जग्गा अहिले निकै नै व्यवस्थित भएको र स्थानीय देखि राष्ट्र्यि स्तरमा संचालन हुने  क्रिकेट खेलको  मैदान समेत बन्न पुगेकोले सबैको ध्यानाकर्षणले यसलाई विवादित बनाएको भन्दै गुनासो पोखेका छन् ।