Re Design Roshan Mainali

बिराटनगरबाट ‘इन्फो नेट ’ इन्टरनेट कम्पनी सञ्चालनमा आउदै


 बिराटनगरबाट ‘इन्फो नेट ’ इन्टरनेट कम्पनी सञ्चालनमा आउदै

-बिराटनगरबाट-‘इन्फो-नेट-’-इन्टरनेट-कम्पनी-सञ्चालनमा-आउदै


मोरंग बिराटनगरका  युवा व्यवसायी प्रज्वल बिस्टले  सञ्चालनमा ल्याउन लागेको इन्टरनेट कम्पनी ‘इन्फो नेट टेक्नोलोजी   प्रा लि  ’ ले सञ्चालन अनुमति प्राप्त गरेको छ ।बिराटनगरको  बस पार्कमा  हेडअफिस राखेर सञ्चालनमा ल्याउन लागिएको इन्फो नेटले  अनुमति प्राप्त गरिसकेकोले अबको केहि दिन भित्रमा  सेवा दिन सुरु गर्ने नेटवर्कका सञ्चालक बिस्टले जानकारी दिए ।


उनका अनुसार ग्राहकलाई फास्ट इन्टरनेट सेवा प्रदान गर्नका लागि इन्फो नेट  दमक, बिराटनगर , इटहरी , धरान,भोजपुर ,दुहबी,पथरीसहितका   स्थानमा आवश्यक भौतिक निर्माण एवं सेवा विस्तारका सबै कामहरु सम्पन्न भइसकेको जानकारी दिए  । अनुमति समेत पाइसकेकोले अब तत्कालै सेवा छाड्ने उनले बताए । उनले दमक , मोरङसहित पूर्वका विभिन्न जिल्लाका इन्टरनेट प्रयोगकर्तालाई सुलभ दरमा फास्ट इन्टरनेट सेवा दिन इन्फो नेट  सञ्चालनमा ल्याउन लागेको  जानकारी दिए ।बिस्टले  करीब एक करोडको लगानीमा इन्फो नेट  सञ्चालनमा ल्याउन लागेका हुन् ।